भर्खरै : Sorry, your browser does not support inline SVG.
नार्कको अनुसन्धान किसानमुखी नभएको भन्दै सांसदहरूको प्रश्न, सुधारका लागि ऐन संशोधनदेखि निजी क्षेत्रको सहभागितासम्मको प्रस्ताव | अन्तरिक्ष केन्द्रमा चीनको नयाँ प्रयोग, गहुँदेखि आलुसम्म बाली उत्पादन | रुसको संसदीय चुनावमा पुटिनसमर्थित दल अगाडि, विपक्षीमाथि प्रतिबन्धको आरोप | असोज ९ देखि ११ गतेसम्म अति भारी वर्षाको सम्भावना, मौसम विभागले जारी गर्‍यो विशेष बुलेटिन | एन्फाको निलम्बन चाँडै फुकुवा हुन सक्ने मन्त्री पोखरेलको दाबी | भोटेकोशी–त्रिशूली विपद् अध्ययन गर्न ३ महिनाको समयसहित संसदीय विशेष समिति गठन | ट्राफिक प्रहरीसँग विवादपछि काठमाडौँमा मिनीबसमा आगलागी, चालक गम्भीर घाइते | हुथीको बढ्दो आक्रमणले साउदी अरबमा बढायो दबाब, अमेरिकासँग सैन्य सहयोगको आग्रह |

इङ्ग्लिस प्रिमियर लिगमा लिभरपुल विजयी

इङ्ग्लिस प्रिमियर लिगमा लिभरपुल विजयी

काठमाण्डौ । इङ्ग्लिस प्रिमियर लिग फुटबलमा चेल्सी, म्यानचेस्टर सिटी र लिभरपुल विजयी भएका छन् । आज बिहान भएको खेलमा चेल्सीले वाटफोर्डलाई २–१ गोलले हराएको हो । चेल्सीका मासन माउन्ट र हाकिम जियाले गोल गरे । घरेलु टोलीका इमानुयल डेनिसले एक गोल फर्काए ।

चेल्सी शीर्ष स्थानमा कायमै रहेको छ । चेल्सीको १४ खेलमा ३३ अङ्क छ । चेल्सीले दोस्रो स्थानमा रहेको म्यानचेस्टर सिटीलाई एक तथा तेस्रो स्थानमा रहेको लिभरपुललाई २ अङ्कले पछि पारेको छ । वाटफोर्ड १३ अङ्कसहित १७ औँ स्थानमा छ । त्यस्तै एस्टन भिल्लालाई २–१ ले हराएको सिटी दोस्रो स्थानमा यथावत छ । सिटीको १४ खेलमा ३२ अङ्क छ । एस्टन भिल्ला १६ अङ्कसहित १३ औं स्थानमा छ ।

अर्को खेलमा एभर्टनलाई लिभरपुलले ४–१ गोल अन्तरले हराएको छ । लिभरपुलको १४ खेलमा ३१ अङ्क भएको छ । एभर्टनको १६ खेलमा १४ अङ्क छ । आज बिहान भएका अरु खेलमा साउथह्याम्पटन र लेस्टर सिटी, उल्भ्स र बर्नली तथा वेस्टह्याम र ब्राइटनले बराबरी खेलेका छन् ।

साउथह्याम्पटन र लेस्टरले २–२, वेस्टह्याम र ब्राइटनले १–१ तथा उल्भ्स र बर्नलीले गोलरहित बराबरी खेल्दै अङ्क बाँडेका छन् । बर्नली १३ खेलमा १० अङ्कसहित पुछारबाट तेस्रो स्थानमा छ । उल्भ्सको १४ खेलमा २१ अङ्क भएको छ । उल्भ्स छैटौँ स्थानमा कायमै छ । १४ खेलमा १० अङ्क रहेको नर्विच सिटी १९ र समान खेलमा ७ अङ्क रहेको न्युक्यासल पुछारमा छ ।

 


Thali Mobile Pvt.Ltd.