भर्खरै : Sorry, your browser does not support inline SVG.
सिरियामा दुई पाइपलाइनमा दुर्घटना, ग्यास विस्फोटपछि आगलागी र इन्धन चुहावट | तीन दिनका लागि खुल्दै तातोपानी नाका, मालवाहक गाडीलाई मात्र आवतजावत अनुमति | दसैँमा बजार अनुगमन अष्टमीसम्म मात्रै, महानवमीदेखि टीकाको भोलिपल्टसम्म स्थगित | भोटेकोशी बाढीपछिको उद्धार र पुनःस्थापना उत्कृष्ट समन्वयको नमुनाः नेपाली सेना | बाँके राष्ट्रिय निकुञ्जमा जंगल सफारी खुल्यो, बाघ अवलोकन गर्न पर्यटक आकर्षित | मतदाता नामावलीमा थपिए १ लाख ८७ हजारभन्दा बढी मतदाता, १ लाख ५८ हजारको नाम हटाइयो | नेपाल औषधि लिमिटेडको महाप्रबन्धक पदका लागि १३ उम्मेदवार प्रतिस्पर्धामा | यमनको राष्ट्रपति भवनमा हुथी विद्रोहीको क्षेप्यास्त्र प्रहार, ५ जनाको मृत्यु र १६ घाइते |

नाइजेरियामा २९ जनाको ज्यान गयो

नाइजेरियामा २९ जनाको ज्यान गयो

काठमाण्डौ । डुङ्गा पल्टिँदा नाइजेरियाको उत्तरी राज्य कानोमा बालबालिकासहित कम्तीमा २९ जनाको ज्यान गएको छ । उनीहरु कानो राज्यबाट नदी पारिको अर्को सहर बाग्वईमा एउटा धार्मिक कार्यक्रममा सहभागी हुन गरिरहेको अवस्थामा डुङ्गा पल्टिएको जनाइएको छ । जीवितै उद्धार गरिएका सात जनालाई अस्पताल लगिएको छ ।

ज्यान गुमाउनेमा धेरैजसो ६ देखि १२ वर्षका स्कुले बालबालिका रहेका छन् । डुङ्गामा ५० जनाभन्दा बढी यात्रु थिए । बेपत्ताको खोजी कार्य भइरहेको उद्धारमा संलग्न राष्ट्रिय निकाय तथा सुरक्षाकर्मीले जनाएका छन् । डुङ्गामा क्षमताभन्दा धेरै यात्रु रहेको र खराब मौसमका कारण पल्टिएको हुनसक्ने प्रारम्भिक अनुमान छ ।

 


Thali Mobile Pvt.Ltd.