भर्खरै : Sorry, your browser does not support inline SVG.
नार्कको अनुसन्धान किसानमुखी नभएको भन्दै सांसदहरूको प्रश्न, सुधारका लागि ऐन संशोधनदेखि निजी क्षेत्रको सहभागितासम्मको प्रस्ताव | अन्तरिक्ष केन्द्रमा चीनको नयाँ प्रयोग, गहुँदेखि आलुसम्म बाली उत्पादन | रुसको संसदीय चुनावमा पुटिनसमर्थित दल अगाडि, विपक्षीमाथि प्रतिबन्धको आरोप | असोज ९ देखि ११ गतेसम्म अति भारी वर्षाको सम्भावना, मौसम विभागले जारी गर्‍यो विशेष बुलेटिन | एन्फाको निलम्बन चाँडै फुकुवा हुन सक्ने मन्त्री पोखरेलको दाबी | भोटेकोशी–त्रिशूली विपद् अध्ययन गर्न ३ महिनाको समयसहित संसदीय विशेष समिति गठन | ट्राफिक प्रहरीसँग विवादपछि काठमाडौँमा मिनीबसमा आगलागी, चालक गम्भीर घाइते | हुथीको बढ्दो आक्रमणले साउदी अरबमा बढायो दबाब, अमेरिकासँग सैन्य सहयोगको आग्रह |

इजरायल सरकारले इजरायलमा मृत्यु भएका १० जना नेपाली विद्यार्थीको शव पठाउने

इजरायल सरकारले इजरायलमा मृत्यु भएका १० जना नेपाली विद्यार्थीको शव पठाउने

काठमाडौँ । इजरायल सरकारले इजरायलमा मृत्यु भएका १० जना नेपाली विद्यार्थीको शव पठाउने भएको छ । शव कहिले पठाउने भन्ने विषयमा भने यकिन हुन नसकेपनि शव नेपाल पठाउन लाग्ने सम्पूर्ण खर्च इजरायल सरकारले नै बेहोर्ने भएको हो । यसअघि शुक्रबार राति २५४ जना नेपाली विद्यार्थीको उद्धार गरिएको थियो । त्यसका लागि परराष्ट्रमन्त्री एनपी साउद आफै इजरायल पुगेका थिए । त्यहाँ रहँदा विमानस्थलमा इजरायल विदेश मन्त्रालयका उच्च अधिकारी र सुरक्षा निकायका अधिकारीहरुसँग भेट गरेका थिए ।

उक्त भेटको क्रममा युद्धको अवस्थाका विषयमा जानकारी लिएका थिए । नेपालीहरुको शव नेपाल पठाउने विषयमा समेत कुरा गरेका थिए । त्यही क्रममा इजरायली अधिकारीहरुले इजरायली सुरक्षाकर्मी, सर्वसाधारण, विभिन्न देशका नागरिक मात्र नभई आतंकवादीको समेत मृत्यु भएकाले शव पहिचानमा समस्या भएको जानकारी दिएका थिए । १० जनाको शव नेपाल ल्याउन लाग्ने सबै खर्च इजरायल सरकारले नै बेहोर्नेछ । सबै प्रकृया पुरा गरेर नेपाल पठाउने भन्ने कुरा छ । कति समयमा नेपाल पठाउँछन् भन्ने यकिन भएको छैन् । तर, इजरायल सरकारले नै पठाउनेछ’ परराष्ट्र मन्त्रालय स्रोतले भन्यो ।

शव नेपाल सरकारले नै ल्याउने कि के गर्ने भन्ने थियो । तर, इजरायल सरकारले आफ्नै खर्चमा शव पठाउने भएको हो । गत शनिवार गाजास्थित हमास समूहको आक्रमणमा परी १० जना नेपालीको मृत्यु भएको थियो । त्यसैले शव हस्तान्तरणमा ढिलाई भएको र जति सक्दो चाँडो नेपाल पठाउने व्यवस्था मिलाइने विदेश मन्त्रालयका अधिकारीहरुले बताएका थिए । मृत्यु भएका उनीहरुको शव नेपाल ल्याउन ढिलाइ भइरहेको छ । इजरायलमा धेरैको मृत्यु भएकाले उनीहरुको पहिचानमा समस्या भएको भन्दै इजरायल सरकारले त्यो प्रकृया पुरा गरेपछि शव नेपाल पठाउने भएको हो ।

 


Thali Mobile Pvt.Ltd.