भर्खरै : Sorry, your browser does not support inline SVG.
सिरियामा दुई पाइपलाइनमा दुर्घटना, ग्यास विस्फोटपछि आगलागी र इन्धन चुहावट | तीन दिनका लागि खुल्दै तातोपानी नाका, मालवाहक गाडीलाई मात्र आवतजावत अनुमति | दसैँमा बजार अनुगमन अष्टमीसम्म मात्रै, महानवमीदेखि टीकाको भोलिपल्टसम्म स्थगित | भोटेकोशी बाढीपछिको उद्धार र पुनःस्थापना उत्कृष्ट समन्वयको नमुनाः नेपाली सेना | बाँके राष्ट्रिय निकुञ्जमा जंगल सफारी खुल्यो, बाघ अवलोकन गर्न पर्यटक आकर्षित | मतदाता नामावलीमा थपिए १ लाख ८७ हजारभन्दा बढी मतदाता, १ लाख ५८ हजारको नाम हटाइयो | नेपाल औषधि लिमिटेडको महाप्रबन्धक पदका लागि १३ उम्मेदवार प्रतिस्पर्धामा | यमनको राष्ट्रपति भवनमा हुथी विद्रोहीको क्षेप्यास्त्र प्रहार, ५ जनाको मृत्यु र १६ घाइते |

इञ्जिनीयरिङका विद्यार्थीसँग इजरायली विज्ञको अन्तर सञ्जाल

इञ्जिनीयरिङका विद्यार्थीसँग इजरायली विज्ञको अन्तर सञ्जाल

काठमाडौँ । एड्भान्स्ड कलेज अफ इन्जिनीयरिङ एण्ड म्यानेजमेन्टले इजरालयस्थित टेक्नियन विश्वविद्यालयका इञ्जिनीयर प्र्रा डा ओरी ओरफसँगको सहकार्यमा ‘निर्णय निर्माण प्रक्रियामा संज्ञानात्मक पक्ष’ विषयक अन्तर सञ्जाल सम्मेलन आयोजना गरेको छ । नेपालका लागि इजरायली राजदूत हनान गोडरले ‘अन्दाजी र पूर्वाग्रह’ विषयक सम्मेलन विभिन्न अनिश्चित घटनाबाट सुरक्षित रहन तथा प्रत्येक व्यक्तिका दैनिक अभ्यासमा आधारित त्रुटीहरूको समाधानमा उपयोगी भएको बताउनुभयो ।

इजरायलका लागि नेपाली राजदूत डा अञ्जान शाक्यले यस किसिमका सूचनामूलक कार्यक्रमले विद्यार्थीलाई मात्रै नभएर सम्पूर्ण सहभागीलाईसमेत लाभान्वित गराउने बताए । नेपालमा कृषि केन्द्र स्थापनालगायतका विभिन्न विषयमा इजरायल र नेपालले सफलतापूर्वक सम्झौता–पत्रमा हस्ताक्षर हुँदा गौरवबोध भएको जनाउनुभयो । प्रा डा ओरीले संज्ञानात्मक पूर्वाग्रहमाथि विजय हासिल गर्ने पहिलो कदम नै आफूसँग त्यो कुरा भएको स्वीकार गर्नु हो भन्ने कुरामा जोड दिनुभयो ।

डा ओरीका अनुसार कहिलेकाहीँ अति अत्याधुनिक र परिष्कृत चिन्तक पनि आफ्नै संज्ञानात्मक पूर्वाग्रहको सिकार हुने भएकाले प्रत्येक व्यक्ति यस विषयमा सावधान हुनुपर्ने बताउनुभयो । प्रा डा ओरीले डेनियल कान्हेमान र एमोस नाथन टिभर्सकीलगायतका विज्ञहरूको निर्णय निर्माण प्रक्रियामा मानव व्यवहारको विरोधाभास र विवादास्पदता झल्काइएको भिडियो सामग्री पनि प्रस्तुत गर्नुभएको थियो । डानियल कान्हेमान अर्थ–विज्ञानमा नोबेल मेमोरियल पुरस्कारबाट सन् २००२ मा विभूषितसमेत भएका थिए ।

एड्भान्स्ड कलेज अफ इञ्जिनीयरिङका कार्यकारी निर्देशक कपिलदेव रेग्मीले नेपाल र इजरायलबीच प्रगाढ हुँदै गइरहेको मित्रताप्रति प्रसन्नता व्यक्त गर्दै प्रा डा ओरीलाई नेपाल भ्रमणका लागि आमन्त्रण गर्नुभयो । कलेजका प्रिन्सिपल इञ्जिनीयर लोचनलाल अमात्यले ओरीद्वारा प्रस्तुत सत्रको प्रशंसनीय टिप्पणी गर्दै इञ्जिनीयरिङ क्षेत्रमा संज्ञानात्मक पूर्वाग्रहका बारेमा आफ्ना सिकाइसम्बन्धी अनुभव आदान प्रदानलाई निरन्तरता दिइने बताउनुभयो ।

 


Thali Mobile Pvt.Ltd.