भर्खरै : Sorry, your browser does not support inline SVG.
स्पेनमा भीषण रेल दुर्घटना, ६८ जनाको मृत्यु भएपछि तीन दिन राष्ट्रिय शोक | शनिबारसम्म वर्षा र हिमपातको सम्भावना, पाकेको धान नकाट्न मौसमविद्को सुझाव | जिज्ञान थापाको राजदूत नियुक्ति अन्योलमा, सुनुवाइ समितिको निर्णय कुर्दै सरकार | भक्तपुरमा पक्षघातबारे जनचेतना, निःशुल्क स्वास्थ्य परीक्षण | तीन महिनामै ३ अर्ब ६४ करोडको चामल आयात, कृषिप्रधान देशकै अर्बौं रुपैयाँ विदेशियो | ‘अर्नब’ चक्रवातको सम्भावित प्रभाव नेपालमा पनि, भारी वर्षा र हिमपातको जोखिम | वैदेशिक व्यापार ४० प्रतिशतभन्दा बढीले बढ्यो, निर्यात १ खर्ब नाघ्यो | स्पेनमा दुई तीव्र गतिको रेल ठोक्किए, ३९ जनाको मृत्यु |

इरानको दक्षिणी ग्यास उत्पादनस्थलमा मजदुरको हडताल

इरानको दक्षिणी ग्यास उत्पादनस्थलमा मजदुरको हडताल

एजेन्सी । इरानमा इरानी अधिकारीहरूले आठ जनालाई पक्राउ गरेका छन् । इरानको दक्षिणी भागमा रहेको एक प्रमुख ग्यास उत्पादनस्थलमा मजदुरको हडतालको ‘नेतृत्व’ गरेको आरोपमा आठ जना पक्राउ परेको स्थानीय सञ्चारमाध्यमले जनाएका छन् ।

इरानले कतारसँग साझेदारी गरेको विश्वको सबैभन्दा ठूलो ग्याँस भण्डार साउथ पार्स नर्थ डोम मेगा फिल्डमा करिब ४० हजार जनाले रोजगारी पाएका छन् । मे महिनाको सुरुमा स्थानीय सञ्चारमाध्यमले सोही क्षेत्रमा हडतालको आह्वानलाई समर्थन गर्ने बाह्य ठेकेदारहरूलाई पक्राउ गरिएको समाचार प्रकाशित गरेका थिए ।

अधिकारीहरूले अप्रिलको अन्त्यमा उनीहरूले राम्रो ज्याला र काम गर्ने वातावरणको माग गर्दै हडताल घोषणा गरेका थिए । कम्पनीले हड्तालमा सहभागी चार हजार कामदारहरूलाई प्रतिस्थापन गर्न सुरु गरेका छन् ।

 

 


Thali Mobile Pvt.Ltd.