भर्खरै : Sorry, your browser does not support inline SVG.
सर्वोच्चको आदेशपछि निजी सञ्चारमाध्यममा सरकारी विज्ञापन खुला | अमेरिका–इरान तनावले कच्चा तेलको मूल्य उकालो, एक महिनाकै उच्च स्तरमा पुग्यो | ५ जिल्लामा बाढीको उच्च जोखिम, काठमाडौं उपत्यकासहित ४० भन्दा बढी जिल्लामा सतर्कता | लेखा समितिमा राहदानी छपाई प्रकरणको छलफल रोकियो, सांसदको असहमतिपछि बैठक स्थगित | एक सातामै आत्मदाहका तीन घटनामा तीन जनाको मृत्यु, जलन उपचार सेवामा विशेषज्ञको अभाव | अष्ट्रेलियामा सबै अन्तर्राष्ट्रिय यात्रुका लागि डिजिटल यात्रु कार्ड लागू हुने, कागजी फाराम हटाइने | के हात्तीले वर्षौँसम्म रिस राख्छ ? | देशभर ४६ प्रतिशत मात्रै धान रोपाइँ सम्पन्न, गण्डकी अगाडि, कोशी सबैभन्दा पछाडि |

इरायली दुई महिला हमासद्वारा रिहा

इरायली दुई महिला हमासद्वारा रिहा

एजेन्सी । बन्धक बनाएका दुई सय बढी नागरिकमध्ये थप दुई महिलालाई प्यालेस्टाइन विद्रोही समुह हमासले अपहरण मुक्त गरेको छ । अपहरण मुक्त भएका दुवैजना इजरायली वृद्ध महिलाहरु हुन् । हमासका सैन्य इकाई प्रवक्ता अवु उबैदाका अनुसार गत सातानै उनीहरुलाई रिहा गर्ने निर्णय गरिएपनि इजरायल सरकारले बन्धक बनाएका सम्पुर्णलाई एकसाथ रिहा गर्नुपर्ने शर्त अघि सारेपछि हमास पछि हटेको हो ।

दुवैजनाको स्वास्थ्य स्थिति कमजोर भएपछि उनीहरुलाई रिहा गरिएको हमासले जनाएको छ । पछिल्लो समय इजरायले गाजापट्टीमा पुरै घेराबन्दी गरेपनि स्थलगत आक्रमण भने गरेका छैन । इजरायलले हमासमाथि स्थलगत रुपमा आक्रमण गरेमा बन्धक बनाएकाहरुको हत्या गर्ने धम्की दिएपछि इजरायल पर्ख र हेरको अवस्थामा रहेको छ ।

यसअघि हमासको कब्जामा रहेका दुई अमेरिकी महिलालाई रिहा गरेको थियो । गत असोज २० गते हमासले इजरायलमाथि आक्रमण गरी स्वदेशी र विदेशी गरी २ सय २० नागरिकको अपहरण गरेकोमा इजरायलले हमास समक्ष उनीहरुलाई अपहरण मुक्त गर्न बारम्बार गरेको प्रयासलाई भने हमासले अस्वीकार गर्दै आएको छ ।

 


Thali Mobile Pvt.Ltd.