भर्खरै : Sorry, your browser does not support inline SVG.
दूध नपाउँदा चितवन मिल्क उद्योग ठप्प, भारततर्फ दूध निर्यात बढेपछि कच्चा पदार्थको संकट | युरोपमा डढेलोको कहर : फ्रान्स–स्पेनमा आपत्कालीन अवस्था, लाखौँ प्रभावित | पाँच प्रदेशमा एमाले–नेकपाबीच नेतृत्व बाँडफाँट, मधेश र गण्डकीमा अन्य दलसँग परामर्श | विद्युत् बिलमा भ्याट विवाद : प्राधिकरणले आन्तरिक राजश्व विभागसँग माग्यो स्पष्ट राय | शिक्षामन्त्री धर्मेन्द्र प्रधानको राजीनामापछि भारतमा पाँच सातादेखिको विद्यार्थी आन्दोलन स्थगित | बागमती, गण्डकी र कर्णालीका पहाडी क्षेत्रमा भारी वर्षाको सम्भावना | हुथीको समुद्री नाकाबन्दीको धम्कीबीच साउदी तेल बोकेका ट्याङ्करले बाब अल–मन्देब स्ट्रेट पार | किभमा रुसी ब्यालिस्टिक मिसाइल आक्रमण, १५ जनाको मृत्यु, करिब १०० घाइते |

ईपीएलको उपाधि चितवन टाईगर्सलाई

ईपीएलको उपाधि चितवन टाईगर्सलाई

काठमाडौं । चितवन टाईगर्सले एभरेष्ट प्रिमियर लिग (ईपीएल) २०२१ को उपाधि जितेको छ ।  कीर्तिपुरस्थित त्रिवि क्रिकेट मैदानमा भएको खेलमा पोखरा राइनोजलाई ४ विकेटले पराजित गर्दै चितवन पहिलो पटक च्याम्पियन बनेको हो ।

चितवनलाई उपाधि दिलाउनको लागि भीम सार्कीको अर्धशतक र कमल सिंह ऐरीको उत्कृष्ट बलिङ गरे ।  विजेता चितवनले ५० लाख र उपविजेता पोखराले १५ लाख नगद प्राप्त गरेको छ । जितको लागि १ सय १२ रनको सामान्य विजयी लक्ष्य पछ्याएको चितवनले १५.५ ओभरमा ६ विकेट गुमाउँदै पूरा गर्यो । सोमपाल कामीले किशोर महतोलाई चौका प्रहार गर्दै उपाधि पक्का गराए । चितवनको जितमा भीम सार्कीले ४५ बलमा ७ चौका र २ छक्का सहित सर्वाधिक ६३ रनको योगदान दिए । भीमले ३५ बलमा अर्धशतक पूरा गरेका थिए । भीमको जारी इपिएलमा यो दोस्रो अर्धशतक हो ।

तीव्र गतिका बलर नन्दन यादवको पहिलो ओभरको दोस्रो बलमै ओपनर हासिम अन्सारी विकेटकिपर विनोद भण्डारीबाट शून्यमा क्याच आउट भएका थिए । दोस्रो ओभरको तेस्रो बलमा किशोर महतोले करिम जन्नतलाई शून्यमा क्याच आउट गराएका थिए । किशोरले चौथो ओभरको अन्तिम बलमा मोहम्मद शाहजादलाई ११ रनमा विपिन रावलबाट क्याच गराएका थिए ।

चौथो विकेटका लागि भीम र दीलिप नाथले ५४ रनको साझेदारी गर्दै जित सहज बनाएका थिए । दीलिप १८ रनमा क्याच आउट भए । दीलिपले १७ बलमा २ चौका प्रहार गरे । राजेश पुलामी मगर १२ बलमा १ चौका सहित १४ रनमा आउट हुन पुगे । पोखराका तीव्र गतिका बलर किशोर महतोले ३.५ ओभरमा २७ रन खर्चेर ४ विकेट लिए । नन्दन यादवले २ विकेट लिए ।

त्यसअघि टियु क्रिकेट मैदानमा टस हारेर पहिला ब्याटिङ थालेको पोखरा १७।५ ओभरमा १ सय ११ रनमा अल आउट भयो । पोखराका असेला गुणरत्नेले २४ बलमा ३ चौका र १ छक्का सहित सर्वाधिक ३४ रनको योगदान दिए । ओपनर रिचार्ड लेभीले १५ बलमा ५ चौका सहित २६ रनमा क्याच आउट भए । सुरुवात राम्रो पाएपनि मध्यक्रम र तल्लोक्रमका ब्याटरको खराब प्रदर्शनपछि पोखरा सस्तैमा समेटिएको हो । पोखरा ७ खेलाडीले दोहोरो अंकमा रन बनाउन सकेनन् । पोखरालाई ओपनर लेभी र विपिन रावलले पहिलो विकेटका लागि ३.३ ओभरमा ३७ रनको साझेदारी गर्दै राम्रो सुरुवात दिलाएका थिए । लेभी करिम जन्नतको चौथो ओभरको तेस्रो बलमा दीलिप नाथबाट मिडअनमा क्याच आउट हुन पुगेका थिए । त्यसपछि पोखरा ब्याटिङ खासै सम्झन लायक रहेन ।

तीव्र गतिका बलर कमलसिंह ऐरीको पाँचौं ओभरको पाँचौं बलमा युवा ब्याटर रित गौतम हासिम अन्सारीबाट मिडअफमा २ रनमा क्याच आउट भए । छैटौं ओभरको अन्तिम बलमा साहन अर्चाचिगे साहब आलमबाट २ रनमा क्याच आउट भएका थिए । सोमपाल कामीको बलमा ठूलो सट खेल्ने धुनमा अर्चाचिगे टप एज लागेर समातिन पुगे ।

स्पिनर सागर ढकालको नवौं ओभरको तेस्रो बलमा ठूलो सट खेलेका ओपनर विपिन रावल लङअफमा साहबबाट १७ रनमा क्याच आउट भएका थिए । विपिनले १५ बलमा १ चौका र १ छक्का प्रहार गरे । शेकुगे प्रसन्नाको १४ औं ओभरको दोस्रो बलमा किपिङ गर्नेक्रममा मोहम्मद शाहजादको औंलामा लागेपछि विकेटकिपर दीलिप नाथले गरेका थिए ।

कमलको १५ औं ओभरको तेस्रो बलमा ठूलो सट खेलेका विवेक यादव लङअनमा सोमपालबाट ४ रनमा समातिन पुगेका थिए । एक बलपछि लोकेश बम एज लागेर विकेटकिपर दीलिप नाथबाट समातिदै गोल्डेन डक पेभिलिएन फर्केपछि पोखरा समस्यामा परेको थियो । कप्तान विनोद भण्डारीले २६ बलमा २ चौका सहित २२ रनमा आउट भए ।

तल्लोक्रमका विक्रम सोब १ र नन्दन यादव शून्यमा आउट भए । चितवनका कमलसिंह ऐरीले ३.५ ओभरमा २० रन खर्चेर ४ विकेट लिए । करिम जन्नत र शेकुगे प्रसन्नाले २–२ विकेट लिए । सोमपाल कामी र सागर ढकालले १–१ विकेट लिए ।

 


Thali Mobile Pvt.Ltd.