काठमाण्डौ । विराटनगर विमानस्थलमा विहिबार पनि उडान नहुने जनाइएको छ । पानी जमिरहेका कारण विहिबार पनि उडान र अवतरण हुने सम्भावना कम रहेको विमानस्थल कार्यालयले जनाएको हो । मिलेसम्म विमानस्थलमा फसेका दुई वटा जहाजलाई भने काठमाण्डौ फर्काइने छन् । भने त्यसअघि जहाज उडाउन मिल्ने नमिल्नेबारे अध्ययन हुनेछ ।
उडान भर्न मिले ती जहाजलाई काठमाण्डौ फर्काइने छ । लगातारको झरीसँगै विमानस्थल डुबानमा पर्दा विराटनगर विमानस्थलमा उडान अवतरण रद्द भएका छन् । देशका अन्य ठाउँमा भने अहिले उडान अवतरण भइरहेको त्रिभुवन विमानस्थल कार्यालय काठमाण्डौले जनाएको छ। ‘पानी पर्न रोकिएसँगै विमानस्थलको रन वे को पानी सुकेको छ तर, अन्य क्षेत्र सबै डुबान छ, यसले गर्दा उडान हुने सम्भावना नरहेको जनाइएको छ ।
