भर्खरै : Sorry, your browser does not support inline SVG.
अमेरिका–इरान तनावले कच्चा तेलको मूल्य उकालो, एक महिनाकै उच्च स्तरमा पुग्यो | ५ जिल्लामा बाढीको उच्च जोखिम, काठमाडौं उपत्यकासहित ४० भन्दा बढी जिल्लामा सतर्कता | लेखा समितिमा राहदानी छपाई प्रकरणको छलफल रोकियो, सांसदको असहमतिपछि बैठक स्थगित | एक सातामै आत्मदाहका तीन घटनामा तीन जनाको मृत्यु, जलन उपचार सेवामा विशेषज्ञको अभाव | अष्ट्रेलियामा सबै अन्तर्राष्ट्रिय यात्रुका लागि डिजिटल यात्रु कार्ड लागू हुने, कागजी फाराम हटाइने | के हात्तीले वर्षौँसम्म रिस राख्छ ? | देशभर ४६ प्रतिशत मात्रै धान रोपाइँ सम्पन्न, गण्डकी अगाडि, कोशी सबैभन्दा पछाडि | जनकपुरबाट काठमाडौँसम्म ‘न्याय मार्च’मा मिटरब्याज पीडित, सरकारसँग यस्ता छन् ८ प्रमुख माग |

उत्कृष्ट पत्रकार, शिक्षक र विद्यालय पुरस्कृत

उत्कृष्ट पत्रकार, शिक्षक र विद्यालय पुरस्कृत

झाप । पवित्रा–भेषराज खतिवडा स्मृति प्रतिष्ठानले पत्रकारिता तथा शिक्षा पेशाका उत्कृष्ट व्यक्तित्वलाई आज पुरस्कृत गरेको छ । प्रतिष्ठानले बुद्धशान्ति–५ मा विशेष कार्यक्रमको आयोजना गरी दुई पत्रकार, तीन शिक्षक र दुई विद्यालयलाई पुस्कृत गरेको हो । उहाँहरूलाई कार्यक्रमका प्रमुख अतिथि नेपाल पत्रकार महासङ्घका पूर्वअध्यक्ष हरिहर विरहीले सम्मान गर्नुभयो ।

भरत भुर्तेल स्मृति पत्रकारिता पुरस्कार–२०७७ बाट पत्रकार महासङ्घ झापाका उपाध्यक्ष एकराज गिरी र पाँचथरका लक्ष्मी गौतम पुरस्कृत भएका छन् । उनीहरू दुवैलाई जनही रु २५ हजार नगदले पुस्कृत गरिएको थियो ।

पुरस्कार छनोट समितिका संयोजक नेपाल पत्रकार महासङ्घका संस्थापक महासचिव चन्द्र भण्डारीले पुरस्कृत हुने शिक्षकमा अङ्ग्रेजी विषयका शिक्षक जनता मावि बाहुनडाँगीका यादव ढकाल, भानु मावि बाहुनडाँगीकी मुनामाया रानामगर, विज्ञान शिक्षक गढीगाउँ मावि शान्तिनगरका नगेन्द्र ढकाल, मेची जनसाधारण मावि बाहुनडाँगीका चन्द्रशेखर गुरागाईँ रहेको बताउनुभयो । पुरस्कारको राशि जनही रु १० हजार रहेको छ ।

त्यस्तै उत्कृष्ट विद्यालयतर्फ धाइजनको सरस्वती बाल कल्याण मावि र धुलाबारीको धुलाबारी माविलाई नगद रु ५१/५१ हजारसहित पुरस्कृत गरिएको छ । कार्यक्रममा विसं २०७५ र २०७६ को एसइई परीक्षामा उत्कृष्ट हुने १५ विद्यार्थीलाई समेत नगदसहित पुरस्कृत गरिएको थियो भने दुई विद्यार्थीलाई छात्रवृत्ति प्रदान गरिएको छ ।

कार्यक्रममा खतिवडा परिवारका ज्येष्ठ सदस्य डिल्लीराम र पद्मा खतिवडालाई सम्मान गरिएको थियो । प्रतिष्ठानका अध्यक्ष छविलाल खतिवडाको अध्यक्षतामा भएको कार्यक्रममा महासङ्घकै पूर्वअध्यक्ष विष्णु निष्ठुरीले स्व भरत भूर्तेलका लेख, रचनाको सङ्ग्रह चरित चर्चाको चर्चा गर्नुभएको थियो ।

 


Thali Mobile Pvt.Ltd.