भर्खरै : Sorry, your browser does not support inline SVG.
भारतीय गाडी नेपालमै राखेर तस्करी, छुटपुर्जीको दुरुपयोगमा कर्मचारीको मिलेमतोको आशङ्का | इन्टरनेटको मूल्य घटेन, प्राधिकरणको कारबाही पनि प्रभावहीन ? | दसैँ अवधिमा अन्नपूर्ण पदमार्गमा पाँच हजार ३८४ पर्यटक | कीटजन्य रोगको जोखिम बढ्दै, स्क्रब टाइफस र डेंगुबाट हजारौँ सङ्क्रमित | तिहारका लागि माला गाँस्न गुण्डुका किसान व्यस्त, तर व्यापार नहुँदा चिन्ता | ‘अर्णव’ चक्रवातको प्रभाव नेपालमा पर्ने, बिहीबारदेखि भारी वर्षा र हिमपातको चेतावनी | भोटेकोशी बाढीः डीएनए रिपोर्टको प्रतीक्षामै बित्यो दुई महिना | आनी छोइङको नियुक्तिविरुद्ध आन्दोलन गर्ने लुम्बिनी बचाउ अभियानका संयोजक पक्राउ |

उत्तरी चीनमा फसेका खानी कामदारहरूको उद्धार जारी

उत्तरी चीनमा फसेका खानी कामदारहरूको उद्धार जारी

एजेन्सी । उत्तरी चीनको साङ्सी प्रान्तमा ३० घण्टाभन्दा बढी समयदेखि बाढी आएको छ । सो क्षेत्रमा अवस्थित कोइला खानीमा फसेका २१ जना खानी कामदारको उद्धार कार्य जारी रहेको स्थानीय अधिकारीहरूले बताएका छन् ।
अधिकारीका अनुसार चार सय भन्दा बढी उद्धारकर्ताहरू उद्धार कार्यका लागि खानी तर्फ कुदिरहेको छन् । घटनास्थलमा थुप्रै पम्पहरू स्थापना गरिएको छ शुक्रबार बिहान ६ बजेसम्म खाडलमा पानीको स्तर २.१ मिटरले घटेको जनाइएको छ ।

उद्धारकर्ताहरूले थप पम्पहरू जडान गरेर खाडलबाट प्रति घण्टा ३०० घन मिटरभन्दा बढी पानी निकाल्ने योजना बनाएका छन् । दुर्घटना सियाओई शहरको डुक्सिगो गाउँको कोइला खानीमा बुधबार राति करिब ११ बजे भएको थियो ।
प्रारम्भिक अनुसन्धान अनुसार दुर्घटनाको कारण अवैध उत्खनन रहेको बताइएको छ भने न्यून तापक्रम र तीव्र हावाले खोजी र उद्धार कार्यलाई थप कठिन बनाएको अधिकारीहरुले बताएका छन् ।

घटनामा संलग्न सात जनालाई स्थानीय सार्वजनिक सुरक्षा विभागले नियन्त्रणमा लिएको छ भने फरार अन्यको खोजी भइरहेको छ ।

 


Thali Mobile Pvt.Ltd.