भर्खरै : Sorry, your browser does not support inline SVG.
क्यानडालाई ईयूको पहिलो ‘एसोसिएट सदस्य’ बनाउने प्रस्ताव, रक्षा र व्यापारमा सहकार्य विस्तारको संकेत | जलवायु न्यायको मागसहित ४९ बुँदे घरपझोङ घोषणापत्र जारी, हिमाल संरक्षणलाई विश्वव्यापी प्राथमिकता दिन आह्वान | पश्चिम चितवनका ४ हजार ७ सय हेक्टर खेतमा नारायणीको पानी, महिनामा ४२ लाख विद्युत् खर्च | धनुषामा कपडाको पेटीमा लुकाएको १३ लाख ६५ हजार रुपैयाँसहित भारतीय नागरिक पक्राउ | विश्वकर्मा पूजामा भद्रकालीमा बिहानैदेखि श्रद्धालुको भीड, सवारीसाधन र औजारको पूजा | नेपालगन्जमा जलेर नष्ट भएका ३१ हजार लालपुर्जाको स्रेस्ता कायम | जन्मभूमिको पीडाले जापानबाट नेपाल तान्यो डंगोललाई, १५० बाढीपीडित परिवारलाई नगद राहत | भोटेकोशी बाढीपछि चिन्तित छन् त्रिशूली किनारका बासिन्दा |

उद्योग खोली आत्मनिर्भरतातर्फ हिंसा प्रभावित महिला

उद्योग खोली आत्मनिर्भरतातर्फ हिंसा प्रभावित महिला

सिरहा । सिरहाको लहानमा घरेलु हिंसाबाट प्रभावित भएका चारजना महिला मिलेर ‘जागरुक दालमोठ भुजिया उद्योग’ सञ्चालन गरी आत्मनिर्भरतातर्फ अग्रसर भएका छन् । ओरेक नेपाल सिरहाको वार्षिक व्यवसायिक योजनाअन्तर्गत जनही रु २० हजार गरी कूल रु ८० हजार आर्थिक सहयोगमा दालमोठ भुजिया उद्योग सञ्चालनमा ल्याइएको संयोजक अनिता चौधरीले जानकारी दिइन् ।

उनको अनुसार हिंसा प्रभावित महिलालाई दिगो आम्दानीमार्फत स्वरोजगार बनाउन उद्योगको अवधारणा अघि सारिएको हो । “श्रीमान् तथा सासू–ससुराबाट घरेलु हिंसामा परेका महिलाको जीविकोपार्जनको लागि हामीले ‘बीउपुँजी’ स्वरुप सानो रकम उहाँहरुलाई उद्योग सञ्चालन गर्नको लागि उपलब्ध गराउँछौँ”, संयोजक चौधरीले भनिन्, “यसले उहाँहरुको जीविकोपार्जनमा सहयोग पुग्नुका साथै हौसला अभिवृद्धि हुन्छ ।” उनका अनुसार अदालतमा मुद्दा विचाराधीन रहँदासम्म ओरेक नेपालकै संरक्षणमा पीडित महिलाले उद्योग सञ्चालन गर्ने गरेका छन् ।

ओरेक नेपाल सिरहाले गरेको यसप्रकारको कार्यको प्रशंसा गर्दै लहान नगरपालिकाका उपप्रमुख रामचरितार महतोले हिंसा प्रभावित महिलाको पुनःस्थापना र जीविकोपार्जनमा उद्यमशीलताले सहयोग पुग्ने बताइन् । साथै हिंसा प्रभावित महिलाको समस्या समाधान गर्नका लागि नगरले पूर्ण सहयोग गर्ने प्रतिबद्धता जनाइन् । चारदिनको तालिमपछि उद्योग सञ्चालनमा संलग्न रहेका हिंसा प्रभावित महिला निकै उत्साहित भएका छन् । यसबाट जीवन निर्वाह गर्न सहज बन्ने विश्वास आफूहरुलाई लागेको उनीहरुले बताए । रासस

 


Thali Mobile Pvt.Ltd.