भर्खरै : Sorry, your browser does not support inline SVG.
न्यायाधीश दरबन्दी पुनरवलोकन गर्न उच्चस्तरीय समिति गठन गरिने | फ्रान्समा विद्यार्थी आन्दोलन चर्कियो, सयौँ विद्यालय प्रभावित | धनौजीका पूर्वप्रमुख प्रशासकीय अधिकृत र पत्रकारसहित ५ जनाविरुद्ध भ्रष्टाचार मुद्दा | २३ गतेदेखि दसैँको अग्रिम टिकट बुकिङ खुला, भाडा नबढाउने सिटौलाको प्रतिबद्धता | सूर्यविनायकमा दसैँ विशेष अन्तरवडा फुटबल प्रतियोगिता हुँदै, विजेतालाई १ लाख पुरस्कार | विश्व अण्डा दिवसको अवसरमा सप्ताहव्यापी कार्यक्रम | बाढी पहिरोले म्याग्दीका साढे ५ सय घरपरिवार प्रभावित | मुस्ताङ जाने जहाजमा नेपालीलाई टिकटै नदिएको गुनासो, प्रशासनले तोक्यो दुई सिट अनिवार्य |

उपत्यकाका यात्रु दुर्व्यवहारमा परेपछि सचेत गराउँदै प्रहरी

उपत्यकाका यात्रु दुर्व्यवहारमा परेपछि सचेत गराउँदै प्रहरी

काठमाडाैं । उपत्यकामा सञ्चालित सार्वजनिक सवारी साधनमा यात्रुमाथि परिचालक (सहचालक)को दुर्व्यवहार बढ्दो छ । काठमाडौँ उपत्यका ट्राफिक प्रहरी कार्यालयमा चालु आर्थिक वर्षको छ महिनामा मात्रै एक सय ४८ दुर्व्यवहारका गुनासा दर्ता भएका छन् । कार्यालयका प्रवक्ता एवं प्रहरी वरिष्ठ उपरीक्षक राजेन्द्रप्रसाद भट्टले दुर्व्यवहारमा परेको भनेर यात्रुबाट गुनासो आउने क्रम नरोकिएको बताउनुभयो ।

यात्रुका गुनासालाई सम्बोधन गर्न र व्यवहार सुधारका लागि सचेतना कार्यक्रम सुरु गरिएको उहाँले जानकारी गराउनुभयो । पुसमा गरिएको सचेतना कार्यक्रममा दुई हजार तीन सय २१ चालक तथा सहचालक सहभागी भएका र यो क्रम अहिले पनि जारी रहेको जनाइएको छ ।

प्रहरीले चालक तथा परिचालकको आचरण तथा व्यवहार सुधारका लागि नेपाल यातायात व्यवसायी राष्ट्रिय महासङ्घ र सार्वजनिक यातायात केन्द्रीय महासङ्घमा पत्राचारसमेत गरेको छ ।सार्वजनिक सवारी साधनमा यात्रुमाथि चालक–परिचालकबाट दुर्व्यवहार भएको भनी गुनासो बढेसँगै उक्त कार्यालयले सचेतना कार्यक्रमलाई पनि तीव्रता दिएको प्रवक्ता भट्टले जानकारी दिनुभयो ।

सार्वजनिक सवारी साधनमा सम्मानजनक यात्रा गर्न पाउनु यात्रुको नैसर्गिक अधिकार भएकाले सभ्य व्यवहार गरी यात्रा गर्न र गराउन चालक तथा परिचालकलाई प्रहरी उहाँले अनुरोध गर्दै आउनुुभएको छ । उक्त कार्यालयसहित काठमाडौँ उपत्यकाका विभिन्न स्थानमा र यातायात व्यवसायी सङ्घसंस्थाका कार्यालयमा चालक तथा परिचालकका लागि ट्राफिक प्रहरीले सचेतना कार्यक्रम सञ्चालन गर्दै आएको छ ।

सार्वजनिक सवारी साधनमा यात्रा गर्दा चालक तथा परिचालकबाट दुर्व्यवहार भएमा प्रहरीको हटलाइन नम्बर १०० र १०३ मा खबर गर्न पनि प्रहरीले अनुरोध गरेको छ ।यसैबीच काठमाडौँको बबरमहलमा प्रदूषण परीक्षण गर्दा मापदण्डभन्दा बढी धुँवा फाल्ने २७ सवारी साधन कारबाहीमा परेका पनि उहाँले जानकारी दिनुभयो । मापदण्डभन्दा बढी धुँवा फाल्ने भाडाका मिनीबस १४, पिकअप भ्यान आठ, भाडाका माइक्रोबस तीन र कार दुई गरी २७ वटा सवारी साधन कारबाहीमा परेका थिए ।

 


Thali Mobile Pvt.Ltd.