एउटै विद्यार्थीबाट थप ८ लाख असुल्दै कान्तिपुर डेन्टल कलेज

एउटै विद्यार्थीबाट थप ८ लाख असुल्दै कान्तिपुर डेन्टल कलेज

काठमाडौँ । विद्यार्थीसँग कान्तिपुर डेन्टल कलेजले ८ लाख रुपैयाँभन्दा बढीका दरले अतिरिक्त शुल्क उठाएको छ । चिकित्साशास्त्रको बीडीएस अध्ययनरत विद्यार्थीसँग कलेजले मनोमानी रूपमा शुल्क लिएको अभिभावकले बताएका छन् ।

अनलाइनबाट पढाएको भनेर अहिले कलेज सुरु भएपछि थप शुल्क माग्दै दबाब दिइरहेको अभिभावकले बताएका छन्  । सरकारले तोकेको शुल्क बुझाइसक्दा पनि कलेजले अतिरिक्त रकम माग गरेको हो ।

कलेजले बीडीएस दोस्रो वर्षमा अध्ययनरत विद्यार्थीसँग २७ लाख रुपैयाँ शुल्क, बीडीएस अध्ययनका लागि १९ लाख ३२ हजार शिक्षण शुल्क गरी कलेजले विभिन्न शीर्षक बनाएर रकम माग गरेको विद्यार्थीहरू बताउँछन् ।

 


Thali Mobile Pvt.Ltd.