काठमाडौं । एक करोड हुन्डीसहित तीन जना पक्राउ परेका छन् । झापाका विकास मित्तल र कमल मित्तल तथा पर्वतका गणेश पौडेल पक्राउ परेका हुन ।
प्रहरीको केन्द्रीय अनुसन्धान व्युरोले उनीहरुलाई काठमाडौंको ओमबहालबाट पक्राउ गरेको जनाएको छ । पक्राउ परेकामाथि थप अनुसन्धान भइरहेको डिआईजी सहकुल थापाले बताए ।