एक महिनादेखि टेलिफोन सेवा प्रभावित

एक महिनादेखि टेलिफोन सेवा प्रभावित

डोल्पा । हिमाली जिल्ला डोल्पामा एक महिनादेखि टेलिफोन सेवा प्रभावित भएको छ ।

एक महिनादेखि डोल्पाबासीले कठिनाइ व्यहोर्दै आएका छन् । दुनै, जुफाललगायतका ठाउँमा राखिएका नमस्ते तथा स्काईका टेलिफोन टावरबाट उपलब्ध फोन तथा इन्टरनेट सेवा प्रभावित भएको छ।

बारम्बार लाइन जाने गरेका कारण राम्ररी कुराकानी गर्न नसकिने गरेको स्थानीय बासिन्दा बताएका छन्। काम गर्न छोडेको लामो समय भए पनि सुधारका लागि अझै प्रयास भएको छैन ।

 


Thali Mobile Pvt.Ltd.