भर्खरै : Sorry, your browser does not support inline SVG.
संयुक्त राष्ट्रसङ्घको ८१औँ महासभा सुरु, विश्वका प्रमुख चुनौतीमा सहकार्यको आह्वान | भोटेकोशी बाढी : ५ हजार १३२ जना अझै सम्पर्कविहीन, मृतकको सङ्ख्या १ हजार ३६७ पुग्यो | भारतमा महिलाको पेटबाट १३ कलम, ५ चम्चा र मैनबत्ती निकालियो | शहीदका सालिकप्रति परिवारजनको आपत्ति, जेनजी स्मृति पार्क उद्घाटन नगरी फर्किए गृहमन्त्री | डढेलो र अत्यधिक गर्मीले विश्वभर वायु प्रदूषणको जोखिम बढाउँदै, स्वास्थ्यमा गम्भीर असरको चेतावनी | रसुवा बाढीबाट सिक्नुपर्ने पाठ | बागमती नदीमा जलसतह सतर्कता तह पार, आसपासका बासिन्दालाई उच्च सतर्कता अपनाउन आग्रह | भोटेकोशी बाढी : १ हजार ३६४ जनाको शव फेला, ४ हजार ७७ जना अझै बेपत्ता |

एक लाख ३५ हजार नगरवासीलाई शुद्ध पिउने पानी

एक लाख ३५ हजार नगरवासीलाई शुद्ध पिउने पानी

वागमती । हेटौँडा खानेपानी व्यवस्थापन बोर्डले हेटौँडा उपमहानगरपालिकाका क्षेत्रभित्रका कूल एक लाख ३५ हजार नागरिकलाई दैनिक एक करोड ५५ लाख लिटर शुद्ध पिउने पानी वितरण गर्दै आएको छ । बोर्डले आज हेटौँडामा आयोजना गरेको पत्रकार सम्मेलनमा हेटौँडाभित्रका १४ वडाका विभिन्न भूभागमा बसोबास गर्ने करिब एक लाख ३५ हजार नगरवासीलाई विभिन्न स्रोतबाट दैनिक सरदर एक करोड ५५ लाख लिटर शुद्ध पिउने पानी वितरण गर्दै आएको जानकारी दिइएको हो ।

बोर्डका अनुसार गत आर्थिक वर्ष २०७७–०७८ मा बिलिङ गरेकामा रु नौ करोड १८ लाख ७२ हजारमध्ये रु नौ करोड १८ लाख ७२ हजार अर्थात् ९५ दशमलव १९ प्रतिशत महसुल उठाउन सफल भएको बोर्डका कार्यकारी निर्देशक शुदर्शन ढकालले बताए । बोर्डले आर्थिक वर्ष २०७७–७८ को प्रगति विवरण तथा आर्थिक वर्ष ७८–०७९ को नीति, कार्यक्रम तथा बजेट प्रस्तुत कार्यक्रममार्फत नगरवासीलाई एउटा सतहगत, २१ डिप बोरिङ, सात समवेलबाट नियमित दैनिक छदेखि सात घण्टा करिब २० हजार ८८४ धारामा करिब सरदर एक करोड ५५ लाख लिटर खानेपानी वितरण गर्दै आएको हेटौँडा खानेपानी व्यवस्थापन बोर्डले जनाएको छ ।

आइतबारदेखि सेवा प्रवाह बन्द हुने

मकवानपुरमा कोरोना सङ्क्रमण बढ्नाका साथै जोखिम बढेको भन्दै यही साउन ३१ गतेदेखि एक हप्ताका लागि मालपोत कार्यालय र नापी कार्यालयको सेवा प्रभाव बन्द गरिने भएको छ । हेटौँडास्थित मालपोत कार्यालय भिडभाड बढेको र सङ्क्रमणको जोखिम उच्च भएकोले आइतबारदेखि एक हप्ता उक्त कार्यालयमा सेवा प्रवाह बन्द गर्न लागिएको प्रमुख जिल्ला अधिकारी भरतमणि पाण्डेले बताए ।

 


Thali Mobile Pvt.Ltd.