भर्खरै : Sorry, your browser does not support inline SVG.
कर्णालीलाई पर्दामा उतार्ने यात्रा: अन्तर्राष्ट्रिय चलचित्र महोत्सवको तयारी पुरा | एक महिनामै ६१ हजारभन्दा बढी नेपाली विदेशिए रोजगारीका लागि | १९५०–५३ को युद्धमा मारिएका १२ चिनियाँ सैनिकका अवशेष चीन पठाइयो | कलङ्कीबाट स्रोत नखुलेको रकमसहित २ जना पक्राउ | साइबर अपराध बढ्दै, सामाजिक सञ्जाल नेपालमा दर्ता नहुँदा अनुसन्धान प्रभावित : आईजीपी कार्की | भक्तपुरको शैक्षिक गुणस्तर सुधारमा प्राध्यापकहरूको भूमिका महत्वपूर्ण : मेयर प्रजापति | सरकारी सफ्टवेयर र सूचना प्रविधि अध्ययन गर्न कार्यदल गठन | विपद् जोखिम न्यूनीकरणका लागि प्रभावकारी कार्ययोजना बनाएर अघि बढ्ने प्राधिकरण |

एक हजार ८७५ सङ्क्रमित थपिए, २९ को निधन

एक हजार ८७५ सङ्क्रमित थपिए, २९ को निधन

काठमाडौँ । पछिल्लो २४ घण्टामा नेपालमा एक हजार ८७५ जनामा कोरोना भाइरस सङ्क्रमण पुष्टि भएको छ । स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयका अनुसार १० हजार ५०४ जनाको नमूना परीक्षण गर्दा उक्त सङ्ख्यामा कोरोना भाइरस सङ्क्रमण पुष्टि भएको हो । मुलुकभर पाँच हजार ३७४ जनाको पिसिआर विधिबाट परीक्षण गर्दा एक हजार २१८ जनामा र पाँच हजार १३० जनाको एन्टिजेन परीक्षण गर्दा ६५७ जनामा सङ्क्रमण पुष्टि भएको मन्त्रालयले जनाएको छ ।

त्यस्तै पछिल्लो २४ घण्टामा एक हजार २८६ जना सङ्क्रमणमुक्त भएका छन् । यससँगै नेपालमा कोरोनामुक्त हुनेको सङ्ख्या छ लाख १५ हजार ६१३ पुगेको छ । नेपालमा निको हुनेको दर ९४ दशमलव ५ प्रतिशत रहेको छ । पछिल्लो २४ घण्टामा २९ जनाको कोरोना भाइरस सङ्क्रमणबाट निधन भएको छ । नेपालमा हालसम्म कोरोनाबाट मृत्यु हुनेको सङ्ख्या नौ हजार ३२० पुगेको छ ।

Mohotsav


Thali Mobile Pvt.Ltd.