भर्खरै : Sorry, your browser does not support inline SVG.
सिरियामा दुई पाइपलाइनमा दुर्घटना, ग्यास विस्फोटपछि आगलागी र इन्धन चुहावट | तीन दिनका लागि खुल्दै तातोपानी नाका, मालवाहक गाडीलाई मात्र आवतजावत अनुमति | दसैँमा बजार अनुगमन अष्टमीसम्म मात्रै, महानवमीदेखि टीकाको भोलिपल्टसम्म स्थगित | भोटेकोशी बाढीपछिको उद्धार र पुनःस्थापना उत्कृष्ट समन्वयको नमुनाः नेपाली सेना | बाँके राष्ट्रिय निकुञ्जमा जंगल सफारी खुल्यो, बाघ अवलोकन गर्न पर्यटक आकर्षित | मतदाता नामावलीमा थपिए १ लाख ८७ हजारभन्दा बढी मतदाता, १ लाख ५८ हजारको नाम हटाइयो | नेपाल औषधि लिमिटेडको महाप्रबन्धक पदका लागि १३ उम्मेदवार प्रतिस्पर्धामा | यमनको राष्ट्रपति भवनमा हुथी विद्रोहीको क्षेप्यास्त्र प्रहार, ५ जनाको मृत्यु र १६ घाइते |

एघार फरार अभियुक्त पक्राउ

एघार फरार अभियुक्त पक्राउ

सुर्खेत । कर्णाल प्रदेश प्रहरी कार्यालय सुर्खेतले यहाँका विभिन्न जिल्ला प्रहरी कार्यालयमार्फत ११ फरार अभियुक्तलाई फक्राउ गरेको छ । प्रदेश प्रहरी कार्यालयअन्तर्गत जिल्ला प्रहरी कार्यालय जुम्लाबाट बहुविवाहका तीन तथा आगलागी, कुटपिट र सवारी ज्यानका एकएक गरी छ फरार अभियुक्तलाई पक्राउ गरेको कर्णाली प्रदेश प्रहरी कार्यालय सुर्खेतका प्रवक्ता राजेशनाथ बाँस्तोलाले जानकारी दिनुभयो ।

त्यस्तै जिप्रका मुगुबाट अंशभाग र कुटपिट एकएक, जिप्रका हुम्लाबाट जबर्जस्ती करणी, कालीकोटबाट लागुऔषध र दैलेखबाट बैंकिङ कसुरका एकएक गरी पाँच फरार अभियुक्त पक्राउ गरिएको प्रहरी वरिष्ठ उपरीक्षक बाँस्तोलाले बताउनुभयो । तीन दिनमा प्रदेशका ४२ फरार अभियुक्तलाई प्रहरीले पक्राउ गरेको छ । उहाँका अनुसार अदालतको फैसला कार्यान्वयनका क्रममा पक्राउ परेका सबै अभियुुक्तलाई सम्बन्धित जिल्ला अदालतसमक्ष पेश गरिएको छ ।रासस

 


Thali Mobile Pvt.Ltd.