भर्खरै : Sorry, your browser does not support inline SVG.
बुद्धनगरमा आत्मदाह प्रयास गरेका अश्विन राउतको निधन, उपचारकै क्रममा ज्यान गयो | स्याउ निर्यात गर्दा स्थानीय तहको सिफारिस अनिवार्य | बागमतीसहित ६ प्रदेशमा भारी वर्षाको सम्भावना, सतर्क रहन मौसम विभागको आग्रह | बागमतीको बाढीले कीर्तिपुरको होल्डिङ सेन्टर डुबायो, ५४ सुकुम्बासीको उद्धार | बुद्धनगरमा ४५ वर्षीय पुरुषद्वारा आत्मदाहको प्रयास, ५५ प्रतिशत शरीर जलेको अवस्था | सम्पत्ति छानबिन आयोगको काम रोक्न सर्वोच्चको अन्तरिम आदेश, मुद्दा पूर्ण इजलासमा | गणेश नेपाली मृत्यु प्रकरण : डीआईजी गोविन्द थपलियाको नेतृत्वमा ५ सदस्यीय छानबिन समिति गठन | मुस्ताङमा बढ्दो ‘लेक लाग्ने’ जोखिम : एक वर्षमै १६ जनाको मृत्यु, भारतीय पर्यटक सबैभन्दा बढी प्रभावित |

एमसीसी पास गरौं कि नगारौं भन्ने विषयमा छलफल गर्न नेकपा स्थायी कमिटी बैठक बस्दै

एमसीसी पास गरौं कि नगारौं भन्ने विषयमा छलफल गर्न नेकपा स्थायी कमिटी बैठक बस्दै

१० असार २०७७ काठमाडौं । आज ११ बजे प्रधानमन्त्री निवास बालुवाटारमा सत्तारुढ नेकपाको स्थायी कमिटी बैठक बस्दै छ । बैठकमा मिलेनियम च्यालेन्ज कर्पोरेशन (एमसीसी) विवाद तथा अन्य समसामयिक राजनीतिक विषयवस्तुमा छलफल गर्ने नेताहरुले बताइएका छन् ।

दुईपटक मिति तोकेर पनि स्थायी समिति बैठक स्थगित भएको यस अघिका बैठकमा पनि विवाद कायमै थियो । जेठ १७ यता सचिवालयको बैठक बस्न सकेको छैन । एमसीसीको बारेमा दलभित्र सहमति जुट्न नसक्दा मिति तोकेर पनि बैठक स्थगित हुँदै आएको छ । एमसीसीबारे पार्टीभित्रै स्पष्ट दुई धार देखिएको छ ।

एमसीसीका विषयमा विवाद भएपछि नेकपाले वरिष्ठ नेता झलनाथ खनालको संयोजकत्वमा नेता भीम रावल र प्रदीप ज्ञवाली सदस्य रहेको एमसीसी अध्ययन कार्यदल बनाइएको थियो । उक्त कार्यदलले यथास्थितिमा एमसीसी पारित गर्न नहुने निष्कर्ष निकाल्दै पार्टीलाई प्रतिवेदन बुझाएको थियो ।

तर सडक र सदनमा नै एमसीसी पास नगर्न आन्दोलन चुलिएको छ । एमसीसी पास गरे हतियार बोकेर नेताहरुको ज्यान लिने महिलाहरुले हिजो मात्रै माइतिघर मण्डलामा प्रदर्शन गरेका छन् । साथै विभिन्न राजनैतिक दलहरुले एमसीसी अमेरिकन आर्मीको अखाडा नेपाल बनाउने सड्यन्त्र हो भनेर पनि भनेका छन् ।

 


Thali Mobile Pvt.Ltd.