नेपाली जनता जिन्दावाद
नेपाली जनता अमर रहोस्
नेपाल हाम्रो देश हो,जोगाऔँ
नेपाल सार्वभौम देश हो ।
पक्ष र प्रतिपक्षको नकारात्मक सोच
अन्य दलको सुनवाई नै नसुनेको भयले
प्रतिपक्षी मरे तुल्य त्यो अवमूल्यताको
देखायो नेपाली जनताको महत्व हिनता ।।
देखायो संसदमा विकासको वाधक
त्यही एमससिी ५५ अर्ब अमेरिकाको
देश वर्वाद गर्न उदत पक्ष र प्रतिपक्ष
नेपाल सरकारको आत्मसमर्पण ।
समाजवादको नक्कली गला भिरेकाहरू
राष्ट्रियताको स्वाङ रचेकाहरूको नाटक
देशलाई चाहिने बेला शत्रुको अगि लम्पसार
देशको कानून अमेरिकालाई बेचियो ।।
अर्काको वहकाउले देश विकास हुने होईन
आफ्नै बलबुत्ताले देशलाई डो¥याउनु पर्थाे
योजना आफ्नै, जनशक्ति निर्माण गर्न पर्छ
देशको बुद्धिजीवीसंग सल्लाह गर्नु पर्ने हो ।
जनताको मत लिएर जनताको अहित नगर
जनता र देशलाई हित हुने कानून पाश गर
जनताको उभार आउने र जिउदै जलाउँला
यो देश जनताको हो जनतासंग मत लेऊ ।।
अन्यथा एमसिसी जनताले अंङ्गिकार गर्ने छैनन्
एमसीसी विरूद्ध जनताले शक्ति देखाउँने छन्
सत्ताधारीहरू आफ्नो खैरेत नहोला होसियार
जनता जिन्दावाद, सार्वभौम मुलुकको रक्षा गरौँ ।