भर्खरै : Sorry, your browser does not support inline SVG.
पूर्वी चीनको जियाङ्सीमा पहिरो : एकको मृत्यु, ११ जना बेपत्ता | अमेरिकाद्वारा आफ्ना नागरिकलाई रसुवाका केही क्षेत्रमा यात्रा नगर्न आग्रह | भारतबाट अवैध रूपमा ल्याइँदै गरेको दुई करोड ४० लाखको एप्पल एयरपोड्स बरामद | पहिरोले बडीमालिका–९ का आधा दर्जनभन्दा बढी घरमा क्षति, दुई गोरु मरे | मनास्लु आरोहणका लागि ३४८ जनाले लिए अनुमति, १५ करोड राजस्व सङ्कलन | भोटेकोशी बाढी : १ हजार ३४१ शव फेला, ४ हजार ९९६ जना अझै सम्पर्कविहीन | गुणस्तरहीन रङ बिक्री गरेको ठहर, बर्जर पेन्ट्सलाई १२ लाखभन्दा बढी क्षतिपूर्ति भराउन आदेश | कृष्णभीरमा खोलिएको अस्थायी ट्र्याक फराकिलो बनाइँदै, भदौ मसान्तसम्म गाडी चलाउने लक्ष्य |

एमाले महाधिवेशन व्यवस्थापन समितिको बैठक बस्दै

एमाले महाधिवेशन व्यवस्थापन समितिको बैठक बस्दै

काठमाडौं । नेकपा एमाले १० औँ राष्ट्रिय महाधिवेशन मूल व्यवस्थापन समितिको बैठक बस्दैछ । महाधिवेशन मंसिर १०–१२ मंसिरमा चितवनमा आयोजना गर्ने निर्णय गरिसकेको एमालेले आज बुधबार बैठक बोलाएको छ । रामबहादुर थापा ‘बादल’ नेतृत्वको २१ सदस्यीय मूल व्यवस्थापन समितिको बैठक मध्याह्न १२ बजे तुलसीलाल स्मृति भवनमा बस्न लागेको हो ।

वडा र पालिका अधिवेशन सम्पन्न गरिसकेको छ भने महाधिवेशन नजिकिँदै जाँदा एमालेमा नयाँ नेतृत्वके सरगर्मी बढ्न थालेको छ । महाधिवेसन सफलतापूर्वक सम्पन्न गर्न विभिन्न १२ वटा समितिहरु बनाउने निर्णय एमालेले गरेको छ ।

यसअघिको बैठकले प्रतिनिधि व्यवस्थापन समिति, प्रचारप्रसार समिति, अतिथि सत्कार समिति, खाद्य व्यवस्थापन समिति, स्वयमसेवक परिचालन,मञ्च व्यवस्थापन समिति, सांस्कृतिक समिति र जनपरिचालन समिति बनाइसकेको छ ।

 


Thali Mobile Pvt.Ltd.