भर्खरै : Sorry, your browser does not support inline SVG.
कान्ति लोकपथ पूर्णरूपमा बन्द, पृथ्वी र बीपी राजमार्गमा राति आवागमनमा रोक | विपद् प्रभावित क्षेत्रमा पुनर्निर्माण तीव्र, विदुरमा आपत्कालीन स्वास्थ्य केन्द्र सञ्चालन | लामो समय बसेको वा स्थानीय तहलाई उपयोग शुल्क बुझाएको आधारमा सरकारी जग्गामा भोगाधिकार नहुने सर्वोच्चको व्याख्या | गाईजात्राका सांस्कृतिक प्रस्तुतिलाई निरन्तरता दिनुपर्नेमा जोड | कोहलपुरमा सट्टेबाजी खेलाएको आरोपमा ४२ जना पक्राउ | स्वास्थ्यकर्मीमाथि आक्रमण गरे ५ वर्षसम्म कैदको प्रस्ताव | इरानमाथि ट्रम्पको कडा चेतावनीपछि चर्कियो विरोध | असोज ८ देखि १२ गतेसम्म बाढी–पहिरोको जोखिम, राति यात्रा नगर्न आग्रह |

एम्बुलेन्स पल्टिँदा सिन्धुपाल्चोकमा एक महिलाको मृत्यु

एम्बुलेन्स पल्टिँदा सिन्धुपाल्चोकमा एक महिलाको मृत्यु

काठमाडौं । सिन्धुपाल्चोकमा एम्बुलेन्स पल्टिँदा एक जनाको ज्यान गएको छ । सिन्धुपाल्चोकको सुनकोशी गाउँपालिका वडा नम्बर ७ को दुई किलोमा एम्बुलेन्स पल्टिँदा एक जनाको ज्यान गएको हो । दुर्घटनामा घरमा सुतिरहेकी ७५ वर्षकी मनमाया खड्काको ज्यान गएको सिन्धुपाल्चोक प्रहरीले जनाएको छ ।

बा २० च ६३२७ नम्बरको एम्बुलेन्स घरमा पल्टिँदा त्यही घरमा सुतिरहेकी खड्काको ज्यान गएको हो । एम्बुलेन्सका चालक भागेको र चालकको तीव्र खोजी भइरहेको सिन्धुपाल्चोक प्रहरीले जनाएको छ । गम्भीर घाइते भएकी खड्काको उपचारका क्रममा बाह्रबिसेमा ज्यान गएको जनाइएको छ ।

 


Thali Mobile Pvt.Ltd.