काठमाण्डौ । लर्ड अफ द ड्रिङ्क्स (एलओडी) क्लबका अर्का सञ्चालक रुदिलबल्लव श्रेष्ठ पक्राउ परेका छन् । काठमाण्डौको ठमेलमा रहेको उक्त क्लबका अर्का सञ्चालकलाई प्रहरीले शुक्रबार पक्राउ गरेको हो । उमेर नपुगेका व्यक्ति क्लबमा प्रवेश गराएको विषयमा अनुसन्धानका लागि उनीहरुलाई पक्राउ गरिएको ललितपुर प्रहरीले जनाएको छ ।
जिल्ला प्रहरी परिसर ललितपुरले ललितपुर जिल्ला अदालतबाट क्लबका दुई जना सञ्चालक रुदिल श्रेष्ठ र राजुसिंह सुवालविरुद्ध पक्राउ अनुमति लिएको थियो । प्रहरीले यसअघि बलात्कारको आरोप लागेका सुदन कोइरालालाई पक्राउ गरिसकेको छ ।
एलओडीमा गएकी १६ वर्षकी बालिका बलात्कृत भएको घटना सार्वजनिक भएपछि सञ्चालक श्रेष्ठलाई कुपण्डोलबाट शुक्रबार पक्राउ गरिएको हो । बिहीवार बालुवाटारबाट मुद्दामा अर्का सञ्चालक राजुसिंह सुवाललाई पक्राउ गरिएको हो ।
