भर्खरै : Sorry, your browser does not support inline SVG.
सांसद सिद्धिकीले कानुन समिति बैठक छाडिन्, प्रतिवेदनका विषयमा असहमति | भोटेकोशी बाढीपछि ४३० मेगावाट विद्युत् प्रणालीबाट बाहिर, वैकल्पिक व्यवस्थापनको तयारी | सङ्घीय निजामती सेवा विधेयक संसदमा पेस गर्न सरकारको स्वीकृति | विद्यालय पुग्न विद्यार्थीको ज्यानकै बाजी : तुइनदेखि गाडीमा झुन्डिनेसम्म | महाकालीको बाढीले दोधारा–चाँदनीको झोलुङ्गे पुल भत्कियो, आवागमन बन्द | मजदुर राहतदेखि बेपत्ता विदेशी पर्यटकसम्मको तथ्याङ्क सार्वजनिक गर्न माग | ट्रम्प-सी भेटपछि अमेरिका-चीनले ३० अर्ब डलरका वस्तुमा घटाए भन्सार | पहिरोले देशभरका सडक प्रभावित, केही राजमार्गमा एकतर्फी यातायात |

ऐन, नियम र कानुन पालनामा भक्तपुर नपा अब्बल : प्रजिअ पाण्डे

ऐन, नियम र कानुन पालनामा भक्तपुर नपा अब्बल : प्रजिअ पाण्डे

भक्तपुर । गृहमन्त्रालयमा सरुवा भई जानुभएका प्रमुख जिल्ला अधिकारी हुमकला पाण्डेलाई एक समारोहबीच बिदाई गरिएको छ । भक्तपुर नगरपालिकाको आयोजनामा नगर प्रमुख सुनिल प्रजापतिले उनलाई दोसल्ला ओढाई भक्तपुरको प्रसिद्ध मयुर झयाल मायाको चिनो प्रदान गरी बिदाइ गरेका हुन ।

बिदाई कार्यक्रममा नगर प्रमुख प्रजापतिले भक्तपुर नगरपालिका सार्वजनिक हितको निम्ति विभिन्न चुनौतीको सामना गर्दै अगाडि बढिरहेको बताए । कोभिड महामारीबीच भक्तपुर नगरपालिकाले पारदर्शी ढंगले जनताको हितलाई प्राथमिकतामा राखी कार्य अगाडि बढाइरहेको भन्दै जनप्रतिनिधि, प्रशासन र स्थानीय जनताको संयुक्त प्रयासका कारण भक्तपुरमा कोरोना नियन्त्रणलगायतमा प्रभावकारी कामहरु भएको बताए ।

भक्तपुर नगरपालिकाको कार्यसम्पादन देशभरिका स्थानीय तहहरुले हेरिरहेको हुँदा जनप्रतिनिधि र कर्मचारीहरुले अझ बढी सेवाको भावनाले काम गर्नुपर्नेमा जोड दिए । भक्तपुर क्यान्सर अस्पताल सरकारको मातहतमा सञ्चालन हुनु सकारात्मक भएको भन्दै प्रमुख प्रजापतिले अस्पतालमा कार्यरत कर्मचारीहरुको व्यवस्थापनका विषयमा सम्बन्धित मन्त्रालयसमक्ष ध्यानार्षण गराइसकेको जानकारी दिए ।

कार्यक्रममा प्रजिअ हुमकला पाण्डेले भक्तपुरमा करिब १ वर्षको कार्यसम्पादनबाट आफू निकै सन्तुष्ट रहेको बताइन् । भक्तपुरको शिक्षा, स्वास्थ्य, विकास निर्माणलगायतका क्षेत्रमा भक्तपुर नगरपालिकाको कार्य प्रशंसनीय भएको भन्दै नगरपालिकाले जिल्ला प्रशासन कार्यालयप्रति गरेको सद्भाव र समन्वयप्रति आभार प्रकट गरिन् ।

भक्तपुर नपा ऐन, नियम र कानुन पालनामा अब्बल रहेको भन्दै भक्तपुरमा कोभिड १९ रोकथाम र नियन्त्रणका प्रयासहरु जनमैत्री भएको बताइन् ।

 


Thali Mobile Pvt.Ltd.