भर्खरै : Sorry, your browser does not support inline SVG.
सांसद सिद्धिकीले कानुन समिति बैठक छाडिन्, प्रतिवेदनका विषयमा असहमति | भोटेकोशी बाढीपछि ४३० मेगावाट विद्युत् प्रणालीबाट बाहिर, वैकल्पिक व्यवस्थापनको तयारी | सङ्घीय निजामती सेवा विधेयक संसदमा पेस गर्न सरकारको स्वीकृति | विद्यालय पुग्न विद्यार्थीको ज्यानकै बाजी : तुइनदेखि गाडीमा झुन्डिनेसम्म | महाकालीको बाढीले दोधारा–चाँदनीको झोलुङ्गे पुल भत्कियो, आवागमन बन्द | मजदुर राहतदेखि बेपत्ता विदेशी पर्यटकसम्मको तथ्याङ्क सार्वजनिक गर्न माग | ट्रम्प-सी भेटपछि अमेरिका-चीनले ३० अर्ब डलरका वस्तुमा घटाए भन्सार | पहिरोले देशभरका सडक प्रभावित, केही राजमार्गमा एकतर्फी यातायात |

सरकारले गच्छे अनुसार सहयोग गर्छ: प्रधानमन्त्री ओली

सरकारले गच्छे अनुसार सहयोग गर्छ: प्रधानमन्त्री ओली

काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले कोरोना महामारी कारण अर्थतन्त्रमा पारेको असरलाई माथि उठाउनका लागि सरकारले आफ्नो गच्छे अनुसार काम गर्ने बताएका छन्। नेपाल उद्योग वाणिज्य महासंघको साधारण सभाको उद्घाटन गर्दै यस्तो बताएका हुन् ।

सरकार मनको गरिब नभएको भन्दै गच्छे अनुसार निजी क्षेत्रलाई सहयोग गर्ने उनको भनाई छ । नेपाल उद्योग वाणिज्य महासंघकी अध्यक्ष भवानी राणाले आर्थिक वृद्धिदरका लागि सरकारले निजी क्षेत्रलाई सघाउनु पर्ने बताइन् । महासंघको नयाँ नेतृत्व चयनका लागि शनिबार निर्वाचन हुँदैछ।

निर्वाचनमा वरिष्ठ उपाध्यक्ष पदमा वर्तमान उपाध्यक्ष चन्द्र प्रसाद ढकाल र किशोर प्रधान प्यानल बनाएर चुनावी प्रतिस्पर्धामा रहेका छन्। ढकालको प्यानलमा वस्तुगत उपाध्यक्ष उमेशलाल श्रेष्ठ, एशोसिएट उपाध्यक्ष रामचन्द्र संघई र जिल्ला नगर उपाध्यक्षमा गुणनिधी तिवारी प्रधान समूहको वस्तुगत उपाध्यक्षमा अञ्जन श्रेष्ठ, एशोसिएट उपाध्यक्षमा सौरभ ज्योति र जिल्ला नगर उपाध्यक्षमा दिनेश श्रेष्ठ उम्मेदवार रहेका छन्।

 


Thali Mobile Pvt.Ltd.