भर्खरै : Sorry, your browser does not support inline SVG.
भारतीय गाडी नेपालमै राखेर तस्करी, छुटपुर्जीको दुरुपयोगमा कर्मचारीको मिलेमतोको आशङ्का | इन्टरनेटको मूल्य घटेन, प्राधिकरणको कारबाही पनि प्रभावहीन ? | दसैँ अवधिमा अन्नपूर्ण पदमार्गमा पाँच हजार ३८४ पर्यटक | कीटजन्य रोगको जोखिम बढ्दै, स्क्रब टाइफस र डेंगुबाट हजारौँ सङ्क्रमित | तिहारका लागि माला गाँस्न गुण्डुका किसान व्यस्त, तर व्यापार नहुँदा चिन्ता | ‘अर्णव’ चक्रवातको प्रभाव नेपालमा पर्ने, बिहीबारदेखि भारी वर्षा र हिमपातको चेतावनी | भोटेकोशी बाढीः डीएनए रिपोर्टको प्रतीक्षामै बित्यो दुई महिना | आनी छोइङको नियुक्तिविरुद्ध आन्दोलन गर्ने लुम्बिनी बचाउ अभियानका संयोजक पक्राउ |

ओमिक्रोनविरुद्ध कोरोना खोपले पनि काम गर्छ : डब्ल्यूएचओ

ओमिक्रोनविरुद्ध कोरोना खोपले पनि काम गर्छ : डब्ल्यूएचओ

काठमाण्डौ । कोरोना भाइरस विरुद्धको प्रयोगमा रहेकाखोपले ओमिक्रोन भेरियन्टका विरुद्धमा पनि काम गर्ने विश्व स्वास्थ्य संगठन (डब्ल्यूएचओ) ले जनाएको छ । दक्षिण अफ्रिकामा फाइजर खोपको ओमिक्रोनमा रहेको प्रभावकारितालाई लिएर गरिएको प्रयोगशाला परीक्षणपछि डब्ल्यूएचओले अहिले प्रयोग भैरहेका खोपले ओमिक्रोनविरुद्ध पनि काम गर्ने देखिएको जनाएको हो ।

अनुसन्धानकर्ताहरुले नयाँ भेरियन्टविरुद्ध खोपले कसरी काम गर्छ भन्नेबारे थाहा पाउन अझै अनुसन्धान आवश्यक रहेको तर ओमिक्रोनले खोपलाई छल्ने सम्बन्धमा अरु भेरियन्ट भन्दा शक्तिशाली नदेखिएको बताएका छन् ।

डब्ल्यूएचओका डा रायनले अहिले प्रयोगमा रहेका कोरोना विरुद्धका खोपहरु प्रभावकारी रहेका र ति खोपले सबै भेरियन्टका सङ्क्रमितलाई गम्भीर बिरामी र अस्पताल भर्ना हुने अवस्था आउन नदिन सक्षम रहेको प्रमाणित गरेको भन्दै ओमिक्रोनविरुद्ध पनि खोप प्रभावकारी देखिएका बताउनुभएको छ ।

 


Thali Mobile Pvt.Ltd.