भर्खरै : Sorry, your browser does not support inline SVG.
भारतीय गाडी नेपालमै राखेर तस्करी, छुटपुर्जीको दुरुपयोगमा कर्मचारीको मिलेमतोको आशङ्का | इन्टरनेटको मूल्य घटेन, प्राधिकरणको कारबाही पनि प्रभावहीन ? | दसैँ अवधिमा अन्नपूर्ण पदमार्गमा पाँच हजार ३८४ पर्यटक | कीटजन्य रोगको जोखिम बढ्दै, स्क्रब टाइफस र डेंगुबाट हजारौँ सङ्क्रमित | तिहारका लागि माला गाँस्न गुण्डुका किसान व्यस्त, तर व्यापार नहुँदा चिन्ता | ‘अर्णव’ चक्रवातको प्रभाव नेपालमा पर्ने, बिहीबारदेखि भारी वर्षा र हिमपातको चेतावनी | भोटेकोशी बाढीः डीएनए रिपोर्टको प्रतीक्षामै बित्यो दुई महिना | आनी छोइङको नियुक्तिविरुद्ध आन्दोलन गर्ने लुम्बिनी बचाउ अभियानका संयोजक पक्राउ |

अमेरिकामा मृतकको संख्या अझै बढ्न सक्ने

अमेरिकामा मृतकको संख्या अझै बढ्न सक्ने

एजेन्सी । अमेरिकामा टोर्नाडोले गम्भीर रुपमा प्रभावित भएका ६ राज्यमा भग्नावशेषमा पुरिएकाहरुको खोजी तथा उद्धारको प्रयास भइरहेको छ । शक्तिशाली टोर्नाडोले ६ राज्यमा कम्तीमा ९४ जनाको मृत्यु भएको छ । दर्जनौं सर्वसाधारण अझै बेपत्ता रहेको बीबीसीले जनाएको छ ।

उनीहरुको जीवितै उद्धारको सम्भावना निकै कम रहे पनि उद्धारकर्मीहरुले प्रयास जारी राखेको बताइएको छ ।केन्टकीसहितका ६ राज्यमा कम्तीमा ३० वटा टोर्नाडोका कारण ठूलो मानवीय तथा भौतिक क्षति भएको हो । केन्टकीमा कम्तीमा ८० सहित अहिलेसम्म कम्तीमा ९४ जनाको मृत्यु भएको अमेरिकी सञ्चारमाध्यमले जनाएका छन् ।

टोर्नाडोका कारण केन्टकी, अर्कान्सा, इलिनोइ, मिजुरी, मिसिसिपी र टेनिसीमा जनजीवन प्रभावित भएको छ । मृत्यु हुनेको संख्या १०० भन्दा बढी पुग्ने अनुमान गरिएको छ । टोर्नाडोले मैनबत्ती उद्योगसहितलाई ध्वस्त पारेको छ । भत्किएका भग्नावशेषहरुमा उद्धारकर्मीले फसेकाहरुको खोजी गरिरहेका छन् ।

केन्टकीको मेफिल्ड टाउन टोर्नाडोका कारण सबैभन्दा धेरै प्रभावित भएको छ । टोर्नाडोका कारण १०० भन्दा बढी उद्योगमा असर परेको समाचारमा जनाइएको छ । टोर्नाडोका कारण विद्युत तथा पानी सेवा प्रभावित भएको छ भने दसैं हजार मानिस पानी तथा बिजुलीको अभावमा छन् ।

 


Thali Mobile Pvt.Ltd.