भर्खरै : Sorry, your browser does not support inline SVG.
दूध नपाउँदा चितवन मिल्क उद्योग ठप्प, भारततर्फ दूध निर्यात बढेपछि कच्चा पदार्थको संकट | युरोपमा डढेलोको कहर : फ्रान्स–स्पेनमा आपत्कालीन अवस्था, लाखौँ प्रभावित | पाँच प्रदेशमा एमाले–नेकपाबीच नेतृत्व बाँडफाँट, मधेश र गण्डकीमा अन्य दलसँग परामर्श | विद्युत् बिलमा भ्याट विवाद : प्राधिकरणले आन्तरिक राजश्व विभागसँग माग्यो स्पष्ट राय | शिक्षामन्त्री धर्मेन्द्र प्रधानको राजीनामापछि भारतमा पाँच सातादेखिको विद्यार्थी आन्दोलन स्थगित | बागमती, गण्डकी र कर्णालीका पहाडी क्षेत्रमा भारी वर्षाको सम्भावना | हुथीको समुद्री नाकाबन्दीको धम्कीबीच साउदी तेल बोकेका ट्याङ्करले बाब अल–मन्देब स्ट्रेट पार | किभमा रुसी ब्यालिस्टिक मिसाइल आक्रमण, १५ जनाको मृत्यु, करिब १०० घाइते |

कप्तानले पाएको रातो कार्ड फिर्ता

कप्तानले पाएको रातो कार्ड फिर्ता

काठमाडौं । चेल्सीका कप्तानले पाएको रातो कार्ड फिर्ता भएको छ । कप्तान सेजर अज्पिलिक्वेटाले एस्टन भिल्लासँगको खेलको क्रममा पाएको रातो कार्ड फिर्ता भएको हो । गत शनिबार भएको खेलको क्रममा ८९ औं मिनेटमा एस्टन भिल्लाका मिडफिल्डर ज्याक ग्रिलिशलाई समातेको देखिएपछि सेजरलाई रातो कार्ड दिइएको थियो ।

तर सेजरको अपीलपछि पुर्नमुल्यांकन गर्दा रातो कार्ड दिनु नपर्ने भन्दै निर्णय उल्ट्याइएको हो । रेफ्रीले देखाएको रातो कार्डविरुद्ध उनले अपील गरेका थिए । भिल्लामाथि २–१ को जित निकालेको चेल्सीले शीर्ष चारमा स्थान बनाएर च्याम्पियन्स लिगका लागि छनौट हुन सफल भएको थियो । ३१ वर्षका सेजर युरोकपका लागि स्पेनको टोलीमा पनि छन् । मे २९ मा चेल्सीले च्याम्पियन्स लिगको फाइनलमा म्यानचेस्टर सिटीसँग प्रतिस्पर्धा गर्ने छ ।

 


Thali Mobile Pvt.Ltd.