बुद्धबारे भ्रम नफैलाउन प्रधानमन्त्री ओलीको चेतावनी

बुद्धबारे भ्रम नफैलाउन प्रधानमन्त्री ओलीको चेतावनी

काठमाडौं । गौतम बुद्ध नेपालको लुम्बिनीमा जन्मिएको प्रामाणिक तथ्य भए पनि अझै कतिपय मुलुकका पाठ्यक्रममा यसबारे गलत कुरा समावेश गरिएको भए सच्याउन प्रधानमन्त्री केपी शर्मा ओलीले ध्यानाकर्षण गराएका छन् । २५६५ औं बुद्ध जयन्तीको अवसरमा शुभकामना दिदै प्रधानमन्त्रीले पाठ्यक्रम सच्याउन ध्यानाकर्षण गराएका हुन । प्रधानमन्त्री ओलीले बुद्धको जन्म लुम्बिनीमा भएको र बुद्धवादको मुहान पनि त्यही रहेको दावी गरे ।

सन् २०२१ मा नेपालले वैशाख डेको आयोजना गर्न आफूले भियतनाममा सन् २०१९ भएको अन्तरर्राष्ट्रिय सम्मेलनमा प्रस्ताव गरे पनि कोरोनाका कारण फरक रुपमा बुद्धजयन्ती मनाउनुपरेको बताए । प्रधानमन्त्री ओलीले मानव जातिकै कारणले खल बलिएको शान्तिलाई मानव जातिकै सचेतना र सचेत प्रयासबाट शान्तिमा परिणत गर्न, शान्तिलाई कायम राख्न र शान्तिलाई दिगो बनाउन सकिने छ ‘ उहाँले भन्नुभयो ‘बुद्ध शान्तितर्फका चिन्तन, आदर्श र उपदेश अत्यन्तै सान्दर्भिक र महत्वपूर्ण रहेको हो ।’

 

Mohotsav


Thali Mobile Pvt.Ltd.