भर्खरै : Sorry, your browser does not support inline SVG.
मुख्य राजमार्गहरूमा बाढी–पहिरोको कहर, कतै सडक बन्द त कतै एकतर्फी सञ्चालन | काभ्रेमा पानीको स्रोत जोगाउन ‘पानी–पुनजीर्वित कार्यक्रम’ सञ्चालन | युक्रेन युद्धको विरोध गर्ने रुसी विपक्षी नेता श्लोसबर्गलाई ११ वर्ष जेल | ग्यासका लागि घण्टौँ लाइन, पैसा तिर्‍यो तर बिल पाएनन् उपभोक्ता | जापानिज इन्सेफलाइटिसबाट ६३ संक्रमित, १६ जनाको मृत्यु, अधिकांश मृतकले खोप नलगाएको पुष्टि | दुर्गा प्रसाईंसँग वार्ता गर्न सरकारको टोली गठन, आन्दोलनरत पक्षलाई वार्तामा आउन आह्वान | चिनीको भाउ एक महिनामै २० रुपैयाँसम्म बढ्यो, अभावको हल्लाले उपभोक्ता त्रसित | मकवानपुरमा मुख्य न्यायाधीश डाँगीको परिवार सवार स्कोर्पियो दुर्घटना |

कमलपोखरीमा डुबेर एक जनाको मृत्यु

कमलपोखरीमा डुबेर एक जनाको मृत्यु

१३ साउन २०७७ भक्तपुर । भक्तपुर नगरपालिका वडा नं १० कमलबिनायक स्थित कमलपोखरीमा डुबेर एकजनाको मृत्यु भएको छ । चाँगुनारायण नगरपालिका वडा नं. ९ सौडौल बस्ने बर्ष ५१ का राजेश खड्काको मृत्यु भएको हो ।

आफुले लगाएको लुगा खोलेर पोखरी छेउमा राखेर र पौडी खेल्दै दुई पटक निस्किदै गरेपनि तेस्रो चोटी पस्दा पोखरीमा डुबी बेपत्ता भएको प्रहरीले बताएको छ । बेपत्ता भएको भन्ने सुचना पाउनासाथ घटनास्थल पुगेको प्रहरी टोलीले साथै पानीबाट उद्दार गरी अस्पताल लगेको प्र.नि. सुवास बुढाथोकीले बताए ।

मृतक राजेश खड्का टुरिष्‍ट गाईडको काम गर्ने ब्यक्ति भएको खुलेको र यसबारे थप अनुसन्धान भईरहेको महानगरीय प्रहरी परिसर भक्तपुरका सूचना अधिकारी प्रहरी नायव उपरिक्षक दिपक गिरी कैलाश खबरलाई बताए ।

 


Thali Mobile Pvt.Ltd.