भर्खरै : Sorry, your browser does not support inline SVG.
पश्चिम नेपालका पहिरो प्रभावित क्षेत्रमा भौगर्भिक अध्ययन गरिने | जाजरकोटमा कुटपिटबाट औषधी व्यवसायीको मृत्यु, पाँच जना पक्राउ | दक्षिण कोरियासँगको संयुक्त सैन्य अभ्यास घटाउने ट्रम्पको घोषणा, सियोलले भने अभ्यास जारी राख्ने | बाढी-पहिरोले देशभरका राजमार्ग अस्तव्यस्त, यी सडकमा यातायात अवरुद्ध | होर्मुजमा गहिरिँदो संकट : अमेरिका-इरान युद्धले मध्यपूर्वदेखि विश्व ऊर्जा बजारसम्म बढायो तनाव | गण्डकीदेखि पश्चिमका केही ठाउँमा आज मुसलधारे वर्षाको सम्भावना, सतर्क रहन आग्रह | पेट्रोलियम पदार्थको मूल्य यथावत, पेट्रोल–डिजेलको भाउमा परिवर्तन भएन | सरकारले अब आफैं ग्यास बेच्ने छैन, नियमित प्रक्रियाबाटै बिक्रेतामार्फत बिक्री हुने |

भनपा प्रमुख प्रजापतिसंग तुल्सीपुर उपमहानगरपालिका प्रमुख घनश्याम पाण्डेको भेट

भनपा प्रमुख प्रजापतिसंग तुल्सीपुर उपमहानगरपालिका प्रमुख घनश्याम पाण्डेको भेट

१३ साउन २०७७ भक्तपुर । भक्तपुर नगरपालिकाका प्रमुख सुनिल प्रजापतिसंग तुल्सीपुर उपमहानगरपालिका दाङका प्रमुख घनश्याम पाण्डेले भेटघाट गरेका छन् । भक्तपुर नगरपालिकाले गरेको शैक्षिक उपलब्धि कसरी सम्भव भयो भन्ने अध्यनका लागि पाण्डेले भेट गरेका हुन् ।

भनपाद्वारा सञ्चालित लिबालीस्थित ख्वप इन्जिनियरिङ कलेज, ख्वप कलेज अफ इन्जिनियरिङ र देकोचास्थित ख्वप कलेज, ख्वप उच्च माविलगायत भक्तपुरको शिक्षा क्षेत्रको अवलोकनसमेत गरेका छन् । सांस्कृतिक र पर्यटकीय नगर भक्तपुरमा आएका मेयर पाण्डेलाई संसारभर पहिचान बनाएको भादगाउँले कालो टोपीले भनपा नगर प्रमुख सुनिल प्रजापतिले स्वागत गरे ।

सोही क्रममा भक्तपुर नगरपालिकाद्वारा सञ्चालित कलेजहरूले गुणस्तरीय शिक्षामार्फत इन्जिनियरिङ, नर्सिङ, व्यवस्थापनलगायतका क्षेत्रका आवश्यक दक्ष जनशक्ति उत्पादन गरिरहेको जानकारी दिए । प्रमुख प्रजापतिले भक्तपुरमा उत्कृष्ट स्वास्थ्य सेवा उपलब्ध गराउन आवश्यक पूर्वाधार निर्माणको क्रममा रहेको बताए । भक्तपुरको च्याम्हासिंहमा २५ शैय्याको ख्वप अस्पतालको निर्माण भइरहेको र नेपालमै पहिलो श्वासप्रश्वास पुनःस्थापना केन्द्र सञ्चालनको तयारीमा नगरपालिका लागिपरेको जानकारी दिए ।

कलेजहरू सञ्चालन गर्न विभिन्न स्थानीय तहहरूले भक्तपुर नपासँग समन्वय र सहकार्य गर्दै आइरहेको भन्दै आत्मनिर्भरता नै मुख्य भएको र भक्तपुरले विदेशी सहयोगविना संस्कृति संरक्षण गरिरहेको, जनश्रमदान र आर्थिक सहयोग जुटाई मठ—मन्दिरहरूको जीर्णोद्धार तथा पुनःनिर्माण कार्य गरिरहेको जानकारी गरे । भेटका क्रममा तुल्सीपुर उपमहानपाका प्रमुख घनश्याम पाण्डेले दाङको तुल्सीपुर उपमहानपा काठमाडौं उपत्यकाभन्दा सात गुणा ठूलो भएको र यसको जनसंख्या २ लाख भएको तथा सांस्कृतिक रुपमा थारुहरूको बाहुल्यता भएको बताए ।

बहुजाति र बहुभाषीहरूको बसोबास रहेको उपमहानगरपालिकालाई शिक्षा, स्वास्थ्य र खेलकुदको केन्द्रको रुपमा विकास गर्ने र कृषि तथा पशुपालनलाई व्यवसायीकरण गर्दै लाने उद्देश्य रहेको जानकारी दिए । भक्तपुर नगरपालिकाद्वारा सञ्चालित कलेजहरू रोल मोडलकै रुपमा रहेको चर्चा गदर्दै पाण्डेले तुल्सीपुर उपमहानपा र भक्तपुर नपासँग शैक्षिकलगायत विभिन्न क्षेत्रमार्फत सम्बन्ध विस्तार गर्ने उदेश्यले आफूहरू भक्तपुर आएको बताए ।

भक्तपुर नगरपालिकाको मोडलमा शैक्षिक क्षेत्र अगाडि बढाउने
भक्तपुर नपाकै मोडलमा कलेजहरू सञ्चालनको लागि तयारी गरिरहेको र ‘एक वडा एक खेलमैदान’को अवधारणामा तुल्सीपुर उपमहानपा अगाडि बढिरहेको मेयर घनश्याम पाण्डेले बताए । भेटका क्रममा भक्तपुर नपाका उपप्रमुख रजनी जोशी, वडा नं. ७ का वडाध्यक्ष उकेश कवां, त्रिभुवन विश्वविद्यालय व्यवस्थापन संकायका डीन प्रा.डा. धु्रवकुमार गौतम, अमृत साइन्स क्याम्पसका डा. दिपेन्द्र भण्डारी र तुल्सीपुर उपमहानपाका शिशिर खनाल, ख्वप कलेजका प्राचार्य रुपक जोशीलगायतको उपस्थिति रहेको थियो ।

त्यस्तै ख्वप इन्जिनियरिङ कलेजका प्राचार्यद्वय सुजन माक र सुनिल दुवालले कलेजले सञ्चालन गरिरहेको विभागीयलगायत अन्य कार्यक्रमहरूबारे पनि संक्षिप्त जानकारी दिएका थिए । सोही क्रममा ख्वप कलेज र ख्वप इन्जिनियरिङ कलेजका ल्याब र पुस्तकालयको पाण्डेले अवलोकन गरेका थिए । विदाइहुने क्रममा नगर प्रमुख प्रजापतिले तुलसीपुर उपमाहानगर प्रमुख पाण्डेलाई भक्तपुरको प्रसिद्ध ‘मयुरको झ्याल’ मायाको चिनोस्वरुप प्रदान गर्नुका साथै नगरपालिकाका प्रकाशन पनि उपलब्ध गराएका थिए ।

 


Thali Mobile Pvt.Ltd.