भर्खरै : Sorry, your browser does not support inline SVG.
परीक्षा सकिएको सात दिनमै बागमती विश्वविद्यालयले सार्वजनिक गर्‍यो नतिजा | आजदेखि निकुञ्जमा व्यावसायिक सफारी सेवा बन्द | चिकित्सक नहुँदा गेटा अस्पतालमा भिडियो एक्सरे र म्यामोग्राफी सेवा बन्दः सेवाग्राही समस्यामा | बजार अनुगमन कडा बनाउन गृह मन्त्रालयको निर्देशन, गुणस्तरहीन खाना बेच्नेलाई कडा कारबाही हुने | देशभर मनसुन सक्रिय, पश्चिमका केही जिल्लामा बाढीको जोखिम; सतर्क रहन आग्रह | इन्धनमा ठूलो राहत : पेट्रोलमा २० र डिजेल-मट्टितेलमा ३० रुपैयाँ घट्यो, ग्यास पनि १०० रुपैयाँ सस्तो | सिँचाइ सुविधा नहुँदा ५० प्रतिशत पनि रोपाइँ भएन | बर्डफ्लु सङ्क्रमणः काभ्रेमा ४० हजार हाँस-कुखुरा नष्ट |

कम हुँदै सक्रिय सङ्क्रमित

कम हुँदै सक्रिय सङ्क्रमित

डोटी । जिल्लामा पछिल्लो समय सक्रिय सङ्क्रमितको सङ्ख्या कम हुँदै गएको छ । हालसम्म कोरोना सङ्क्रमित भएका कूल १ हजार ८५ जनामध्ये ९५२ जना निको भएर घर फर्किसकेका छन् । अब जिल्लामा १३३ जना मात्रै सक्रिय सङ्क्रमित रहेको स्वास्थ्य कार्यालयको तथ्याङ्कमा उल्लेख छ । चौध दिन आइसोलेसनमा राखेर उपचार गरी पुनःपरीक्षण गर्दा कोरोना सङ्क्रमण नेगेटिभ देखिएका सङ्क्रमितलाई घर पठाउने गरिएको छ । सङ्क्रमण भएको दश दिनपछि कोरोना सङ्क्रमित भएका व्यक्तिले अरु व्यक्तिमा नसार्ने भएकाले यहाँका सङ्क्रमित व्यक्तिले समुदायमा कोरोना सार्न नसकेको जिल्ला अस्पतालका निमित्त मेडिकल सुपरिटेण्डेण्ट डा।प्रकाश ठकुल्लाले जानकारी दिनुभयो ।

सङ्क्रमित सङ्ख्या बढे पनि कोरोना निको भएर जाने बढेको स्वास्थ्य कार्यालयले जनाएको छ । कार्यालयका अनुसार बुधबारसम्म जिल्लाका नौ वटै स्थानीय तहबाट ३१७ महिला र ६३५ पुरुष गरी कूल ९५२ जना सङ्क्रमण निको भएर घर फर्किएका छन् । नौ स्थानीय तहमध्ये सबैभन्दा बढी सङ्क्रमित शिखर नगरपालिकामा देखिएका छन् । उक्त नगरपालिकामा कूल ३०६ जनामा कोरोना सङ्क्रमण पुष्टि भएको छ । जसमध्ये १८६ जना पुरुष र ११० महिला गरी कूल २९६ जना निको भएका छन् । एक महिला र ९ पुरुष गरी १० जनामा अझै सक्रिय सङ्क्रमण देखिएको नगरपालिका स्वास्थ्य संयोजक हरिष शाहले जानकारी दिनुभयो । रासस

 


Thali Mobile Pvt.Ltd.