भर्खरै : Sorry, your browser does not support inline SVG.
बुद्धनगरमा आत्मदाह प्रयास गरेका अश्विन राउतको निधन, उपचारकै क्रममा ज्यान गयो | स्याउ निर्यात गर्दा स्थानीय तहको सिफारिस अनिवार्य | बागमतीसहित ६ प्रदेशमा भारी वर्षाको सम्भावना, सतर्क रहन मौसम विभागको आग्रह | बागमतीको बाढीले कीर्तिपुरको होल्डिङ सेन्टर डुबायो, ५४ सुकुम्बासीको उद्धार | बुद्धनगरमा ४५ वर्षीय पुरुषद्वारा आत्मदाहको प्रयास, ५५ प्रतिशत शरीर जलेको अवस्था | सम्पत्ति छानबिन आयोगको काम रोक्न सर्वोच्चको अन्तरिम आदेश, मुद्दा पूर्ण इजलासमा | गणेश नेपाली मृत्यु प्रकरण : डीआईजी गोविन्द थपलियाको नेतृत्वमा ५ सदस्यीय छानबिन समिति गठन | मुस्ताङमा बढ्दो ‘लेक लाग्ने’ जोखिम : एक वर्षमै १६ जनाको मृत्यु, भारतीय पर्यटक सबैभन्दा बढी प्रभावित |

कर्णालीकाे दैलेखका एक युवामा काेराेना टेष्ट पाेजेटिभ, पुष्टी हुन वाँकी

कर्णालीकाे दैलेखका एक युवामा काेराेना टेष्ट पाेजेटिभ, पुष्टी हुन वाँकी

५ जेष्ठ २०७७ दैलेख । कर्णाली प्रदेशमा एक जनालाई कोरोना संक्रमणको आशंका गरिएको छ । आशंका गरिएका युवा भारतको आग्राबाट आएको र उनी आठबीस नगरपालिका वडा नं. १ सात्ताला दैलेखका भएको स्रोतको दावी छ ।

पिसिआर परिक्षणमा रिर्पोट पोजेटिभ आएपछि कालागाउँ प्रयोगशालाले पुर्नपुष्टिको लागि स्वाव नेपालगञ्ज पठाएको छ । स्वास्थ्य निर्देशनालय सुर्खेतका निर्देशक रिता भण्डारी जोशीका अनुसार अनुसार कोरोना संक्रमणको आशंका गरिएका युवा ४५ दिन भारतको बनबासामा बसेर आएको र उनलाई आठबीस नगरपालिकाले उद्धार गरेर जेठ एक गते आठबीस लगेको थियो ।

लक्ष्मी माध्यमिक विद्यालयेको क्वारेन्टाईनमा बस्दै आइरहेका अन्य ३८ जना युवासंगै रहेका उनमा आशंका गरिएपछि क्वारेन्टाईनमा अहिले उच्च सर्तकता अपनाइएको वडा अध्यक्ष पर्वसिंह विश्वकर्माले कैलाश खबरलाई बताए ।

 


Thali Mobile Pvt.Ltd.