भर्खरै : Sorry, your browser does not support inline SVG.
बाढी–पहिरोले यी राजमार्गमा यातायात प्रभावित, केही सडक पूर्ण रूपमा बन्द | स्रोत नखुलेको साढे ४ लाख भारतीय रुपैयाँसहित वीरगन्जबाट भारतीय नागरिक पक्राउ | बाढी–पहिरोको असर कायमै : रसुवा र नुवाकोटका मुख्य सडक अवरुद्ध, धादिङमा एकतर्फी यातायात | विपद्का बेला सरकारलाई ओलीको सुझाव : राज्यशक्तिको दुरुपयोग नगर्नू, सहकार्यका लागि एमाले तयार छ | मनसुनी प्रभाव कायमै : आज पाँच प्रदेशमा भारी वर्षाको सम्भावना | ड्युटीमा रहेका चिकित्सक र नर्ससहित ६ कर्मचारी कामकाजबाट हटाइए | इराकी भूभागबाट ड्रोन आक्रमण भएको दाबीपछि साउदीले बन्द गर्‍यो महत्वपूर्ण तेल पाइपलाइन | बाढीपछि पुनर्निर्माणमा नयाँ रणनीति : जलविद्युत् र पूर्वाधारलाई जलवायु उत्थानशील बनाइने |

कर्णालीका विनोद माझी गुल्मीका कर अधिकृत, सेवा चुस्त पार्ने लक्ष्य

कर्णालीका विनोद माझी गुल्मीका कर अधिकृत, सेवा चुस्त पार्ने लक्ष्य

१६ साउन काठमाडौं । विकट कर्णाली अर्थात राकम कर्णालीका विनोद कुमार माझी गुल्मीमा कर अधिकृत भएर सेवा गरिरहेका छन् । गुल्मीमा नै कर सेवा कार्यालय सञ्चालन भएपछि स्थानीयवासी खुशी मात्रै भएका छैनन्, घर आगनबाटै करसम्बन्धी सेवा लिनपाउदा पाल्पा जानुपर्ने बाध्यता हटेको छ ।

जिल्लामा कर कार्यालय नहुँदा बषौ देखि बाहिर जिल्ला जानु पर्ने बाँध्यता कायम थियो । जिल्लामा रहेका करदाताहरुको सेवालाई मध्यनजर गर्दै करदाता सेवा कार्यालय सञ्चालनमा आएसँगै व्यवसायीहरु हर्षित भएको अधिकृत विनोद कुमार माझी बताउछन् । जिल्लामै करदाता सेवा कार्यालय सञ्चालन भएपछि व्यवसायी औधि खुशी भएका छन् । धेरै खर्च गरेर जोखिमपुर्ण यात्राका साथ कर तिर्न पाल्पा बुटवल जानुपर्ने बाध्यता हटेर गएको व्यवसायीको भनाई छ ।

कोरोना भाइरसका कारण भएको लकडाउनले कर तिर्नं नपाएका व्यवसायी तम्घासबाटै कर तिर्न पाउँदा आनन्दको अनुभुति भएको बताउछन् । जिल्लामा बुधबार देखि कर कार्यालय सञ्चालनमा आएको हो । नेपाल सरकार मन्त्रिपरिषद्को २०७६ पुसको निर्णयबाट गुल्मी सदरमुकाम तम्घासमा कर कार्यालय स्थापना भएको हो । रेसुङ्गा नगपालिका–१ क्याम्पसरोडमा कार्यालय स्थापना भएपछि बुधबार देखि सेवा प्रारम्भ भएको छ ।

आन्तरिक राजस्व कार्यालय बुटवलकै कार्यक्षेत्र अन्तर्गत गुल्मीमा करदातालाई यसले सेवा प्रवाह गर्ने कार्यालय प्रमुख विनोद कुमार माझीले बताए । सेवा प्रवाह, बजार अनुगमन, व्यवसायलाई करमा दर्ता, कर संकलन, कर शिक्षाका साथै व्यवसाय खारेज गर्ने लगायतका सेवाहरु शुरु गरिएको माझीले जानकारी दिए ।

सेवाग्राही व्यवसायीले तिर्ने राजस्व भन्दा यताउता जाँदा आउँदाको खर्च बढी हुने भएकाले सेवाग्राही मर्कामा परेका थिए भने अव करदाता सेवा कार्यालय तम्घास मै संचालन भएदेखि सिङ्गो जिल्लावासी नै खुसी भएको माझीले बताए । गुल्मीमा १७ हजार करदाताहरु रहेको करदाता सेवा कार्यालय गुल्मीको तथ्याङ्क छ ।

 


Thali Mobile Pvt.Ltd.