भर्खरै : Sorry, your browser does not support inline SVG.
सुदूरपश्चिममा जडीबुटीस् न प्रशोधन केन्द्र, न त औषधि उद्योग नै | बाँदर नलाग्ने अकबरे खुर्सानीले चम्कायो वालिङको खेती | हर्मुज जलसन्धिमा इरान–ओमानबीच संयुक्त नौपरिवहन मार्गको सम्झौता हुँदै, बहराइन बैठकमा नजाने | मलेसिया रोजगारीमा सिन्डिकेटको आशंका : २५ म्यानपावरमाथि छानबिन, २५० संस्थाको प्रक्रिया रोकियो | शीतल बजारमा पृथ्वी राजमार्ग खोल्न नेपाली सेनाको ब्लास्टिङ, नयाँ सडक संरचना बनाइँदै | वीरगञ्जको मुख्य सडक विस्तार अन्तिम चरणमा, बाँकी संरचना हटाउने काम तीव्र | रसुवागढी नाका बन्द भएपछि मुस्ताङको कोरलानाकामा बढ्यो कारोबार, १५ दिनमै पौने दुई अर्ब राजस्व | बाढी–पहिरोले यी राजमार्गमा यातायात प्रभावित, केही सडक पूर्ण रूपमा बन्द |

कर्णालीमा कोरोना सङ्क्रमण निको हुने दर ९४ प्रतिशत

कर्णालीमा कोरोना सङ्क्रमण निको हुने दर ९४ प्रतिशत

कर्णाली । कर्णाली प्रदेशमा अहिलेसम्म कोरोना भाइरस सङ्क्रमितमध्ये ९४ प्रतिशत उपचारपछि निको भएर घर फर्किएका छन् । अब छ प्रतिशत सङ्क्रमित निको हुन बाँकी रहेको सामाजिक विकास मन्त्रालय स्वास्थ्य सेवा महाशाखाले जनाएको छ । महाशाखाका अनुसार पछिल्लो २४ घण्टामा यस प्रदेशमना २१० जनाको स्वाब सङ्कलन गरिएकोमा १२ जनामा कोरोना सङ्क्रमण पुष्टि भएको छ । योसँगै कर्णालीमा कोरोना सङ्क्रमितको सङ्ख्या सात हजार १८० पुगेको मन्त्रालयको जनस्वास्थ शाखा प्रमुख नवराज कँडेलले जानकारी दिनुभयो ।

“पछिल्लो २४ घण्टामा कोरोना सङ्क्रमण पुष्टि हुनेहरुमा सल्यानका पाँच, सुर्खेत र दैलेखका तीन÷तीन र रुकुमपश्चिमका एक जना छन्”, प्रमुख कँडेलले भन्नुभयो, “पछिल्लो २४ घण्टामा नौ जना उपचारपछि निको भएर घर फर्किएका छन् ।” योसँगै यस प्रदेशमा उपचारपछि निको हुनेको सङ्ख्या छ हजार ७३४ पुगेको शाखा प्रमुख कँडेलले बताउनुभयो । उहाँका अनुसार कर्णालीमा हालसम्म ९५ हजार १४ जनाको पिसिआर परीक्षण गरिएको छ । कोरोना सङ्क्रमणबाट अहिलेसम्म मृत्यु हुनेको सङ्ख्या कर्णालीमा २२ जना रहेको स्वास्थ्य सेवा महाशाखाले जनाएको छ । रासस

 


Thali Mobile Pvt.Ltd.