भर्खरै : Sorry, your browser does not support inline SVG.
सिरियामा दुई पाइपलाइनमा दुर्घटना, ग्यास विस्फोटपछि आगलागी र इन्धन चुहावट | तीन दिनका लागि खुल्दै तातोपानी नाका, मालवाहक गाडीलाई मात्र आवतजावत अनुमति | दसैँमा बजार अनुगमन अष्टमीसम्म मात्रै, महानवमीदेखि टीकाको भोलिपल्टसम्म स्थगित | भोटेकोशी बाढीपछिको उद्धार र पुनःस्थापना उत्कृष्ट समन्वयको नमुनाः नेपाली सेना | बाँके राष्ट्रिय निकुञ्जमा जंगल सफारी खुल्यो, बाघ अवलोकन गर्न पर्यटक आकर्षित | मतदाता नामावलीमा थपिए १ लाख ८७ हजारभन्दा बढी मतदाता, १ लाख ५८ हजारको नाम हटाइयो | नेपाल औषधि लिमिटेडको महाप्रबन्धक पदका लागि १३ उम्मेदवार प्रतिस्पर्धामा | यमनको राष्ट्रपति भवनमा हुथी विद्रोहीको क्षेप्यास्त्र प्रहार, ५ जनाको मृत्यु र १६ घाइते |

कर्णालीमा सुरक्षित गर्भपतन गराउनेको सङ्ख्या बढ्यो

कर्णालीमा सुरक्षित गर्भपतन गराउनेको सङ्ख्या बढ्यो

कर्णाली । सुरक्षित गर्भपतन गराउने महिलाको सङ्ख्या बढेको पाइएको छ । कानूनी मान्यता पाएसँगै सेवाको सहज उपलब्धताका कारण बर्सेनि गर्भपतन गराउने महिलाको सङ्ख्या बढ्दै गएको तथ्याङ्कले देखाएको छ ।

प्रदेश स्वास्थ्य सेवा निर्देशनालयका वरिष्ठ नर्सिङ अधिकृत मानकुमारी गुरुङले स्वास्थ्य सचेतना, सेवाको उपलब्धताजस्ता कारणले गर्भपतन गराउने महिलाको सङ्ख्या बढेको बताइन् ।

कर्णालीका १० जिल्लाका ६५ स्वास्थ्य संस्थामा औषधिद्वारा तथा १८ स्वास्थ्य संस्थामा औषधि र उपकरण दुवै विधिबाट गर्भपतन गर्ने गरिन्छ । सुरक्षित गर्भपतन सेवाको प्रभावकारिताका कारण मातृ मृत्युदर घट्दै गएको स्वास्थ्यकर्मीहरु बताउँछन् ।

 


Thali Mobile Pvt.Ltd.