कर्णाली । सुरक्षित गर्भपतन गराउने महिलाको सङ्ख्या बढेको पाइएको छ । कानूनी मान्यता पाएसँगै सेवाको सहज उपलब्धताका कारण बर्सेनि गर्भपतन गराउने महिलाको सङ्ख्या बढ्दै गएको तथ्याङ्कले देखाएको छ ।
प्रदेश स्वास्थ्य सेवा निर्देशनालयका वरिष्ठ नर्सिङ अधिकृत मानकुमारी गुरुङले स्वास्थ्य सचेतना, सेवाको उपलब्धताजस्ता कारणले गर्भपतन गराउने महिलाको सङ्ख्या बढेको बताइन् ।
कर्णालीका १० जिल्लाका ६५ स्वास्थ्य संस्थामा औषधिद्वारा तथा १८ स्वास्थ्य संस्थामा औषधि र उपकरण दुवै विधिबाट गर्भपतन गर्ने गरिन्छ । सुरक्षित गर्भपतन सेवाको प्रभावकारिताका कारण मातृ मृत्युदर घट्दै गएको स्वास्थ्यकर्मीहरु बताउँछन् ।
