भर्खरै : Sorry, your browser does not support inline SVG.
गाजाको ९९ प्रतिशतभन्दा बढी भूभाग प्रदूषित, २३ लाख प्यालेस्टिनीको स्वास्थ्य जोखिममा | सुनकोशी-मरिणको १६ अर्बको ठेक्का रद्दमा बालेन टिममाथि प्रश्न, सात दिनभित्र कागजात बुझाउन निर्देशन | मलेसिया जाने कामदारबाट अर्बौँ ठगीको आरोप : दुई पूर्वमन्त्रीसहित १० जनालाई थप दुई दिन हिरासतमा राख्न अनुमति | बङ्गलादेशमा राजनीतिक हिंसा चर्कियो, आगजनी र बम विस्फोटका घटनापछि १२४ जना पक्राउ | पोखरामा प्यारापाइलट उत्पादन गर्ने पहिलो स्कुल सञ्चालनमा, १ करोड ५० लाख लगानी | भक्तपुर नगरव्यापी विद्यालयस्तरीय खेलकुद प्रतियोगिता सुरु, ८४ विद्यालयका ३२ सयभन्दा बढी विद्यार्थी सहभागी | असोजमा महँगी ६.३७ प्रतिशत पुग्यो, घिउतेल र फलफूलको मूल्य सबैभन्दा धेरै बढ्यो | नक्कली शैक्षिक प्रमाणपत्र प्रयोग गरी बढुवा लिएको आरोपमा अनुसन्धान विभागका अधिकृतविरुद्ध मुद्दा |

कर्णाली प्रदेका विभिन्न जिल्लामा स्वास्थ्य तथा खाद्यान्न सामग्री वितरण

कर्णाली प्रदेका विभिन्न जिल्लामा स्वास्थ्य तथा खाद्यान्न सामग्री वितरण

काठमाडौ । कर्णाली प्रदेश समाज क्षेत्रीय कमिटी कान्तो (टोकियो) जापान र नायक पल शाहको टीमले कर्णाली प्रदेशका विभिन्न जिल्लाहरुमा स्वास्थ्य सामग्री वितरण गरेको छ । कोरोना महामारीले आक्रान्त भइरहेको वेला कर्णाली प्रदेश समाज कान्ताे(टोकियो) र नायक पल शाहको टिमले स्वास्थ्य तथा खाद्यान्न सामग्री वितरण गरेको हो । शाहको टिमले दैलेखको आठबीस नगरपालिकाको तिलेपाटका स्वासथ्य चौकीका लागि स्वास्थ्य सामग्री वडा नं ८ का वडा अध्यक्ष मुक्ति आचार्यलाई राकम कर्णालीमा हस्तान्तरण गरेको थियो ।khadhanna

नायक पहल शाले वडा अध्यक्ष आचार्यलाई उक्त सामग्री हस्तान्तरण गरेका हुन । दुल्लु नगरपालिकाको कालभैरव स्वास्थ्य चौकीमा स्वास्थ्य सामग्री र खाद्यान्न वितरण गरिएको कर्णाली प्रदेश समाज क्षेत्रीय कमिटी कान्तो (टोकियो) जापान अध्यक्ष विरेन्द्र शाहीले जानकारी दिए । उनले दैलेखको तल्लो डुङ्गेश्वरको वादी वस्तीमा ४० बोरा चामल वितरण गरिएको बताए । कालिकोटको रास्कोट अस्पताल, पचालझरनाको सिकु स्वास्थ्य चौकी, रकु र मुम्रा स्वास्थ्य चौकीमा अत्यावश्यक स्वास्थ्य सामग्री वितरण गरिएको थियो ।swasthey

कालिकोट जिल्लाको खाडाचक्र नगरपालिकामा रहेको जिल्ला अस्पताल कालिकोटलाई अक्सिजन सिलिन्डर, स्वास्थ्य सामग्री र खाद्यान्न समेत वितरण गरिएको शाहीले जानकारी दिए । शाहीले कर्णाली प्रदेश समाज क्षेत्रीय कमिटीले चलाएको आर्थिक अभियानमा साथ दिदै सहयोग गर्ने सहयोगी हातहरुलाई र विसम परिस्थितिमा पनि कोरोनाको प्रवाह नगरि दुरगम जिल्लाहरुमा आफै पुगर सामग्री वितरण गर्ने नायक शाहको टिमलाई समेत धन्यवाद दिएका थिए ।

 


Thali Mobile Pvt.Ltd.