भर्खरै : Sorry, your browser does not support inline SVG.
सिरियामा दुई पाइपलाइनमा दुर्घटना, ग्यास विस्फोटपछि आगलागी र इन्धन चुहावट | तीन दिनका लागि खुल्दै तातोपानी नाका, मालवाहक गाडीलाई मात्र आवतजावत अनुमति | दसैँमा बजार अनुगमन अष्टमीसम्म मात्रै, महानवमीदेखि टीकाको भोलिपल्टसम्म स्थगित | भोटेकोशी बाढीपछिको उद्धार र पुनःस्थापना उत्कृष्ट समन्वयको नमुनाः नेपाली सेना | बाँके राष्ट्रिय निकुञ्जमा जंगल सफारी खुल्यो, बाघ अवलोकन गर्न पर्यटक आकर्षित | मतदाता नामावलीमा थपिए १ लाख ८७ हजारभन्दा बढी मतदाता, १ लाख ५८ हजारको नाम हटाइयो | नेपाल औषधि लिमिटेडको महाप्रबन्धक पदका लागि १३ उम्मेदवार प्रतिस्पर्धामा | यमनको राष्ट्रपति भवनमा हुथी विद्रोहीको क्षेप्यास्त्र प्रहार, ५ जनाको मृत्यु र १६ घाइते |

खोपका लागि मात्रै माघ १६ देखि २० सम्म विद्यालय खोल्ने

खोपका लागि मात्रै माघ १६ देखि २० सम्म विद्यालय खोल्ने

काठमाडौं । कोरोना विरुद्धको खोप लगाउने प्रयोजनका लागि पाँच दिन विद्यालय खोल्ने गृह मन्त्रालयले निर्णय गरेको छ । गृहमन्त्री बालकृष्ण खाँडको अध्यक्षतामा मंगलबार गृह मन्त्रालयमा सरोकारवाला मन्त्रालयका प्रतिनिधिहरूबीच भएको बैठकले यस्तो निर्णय गरेको हो ।

बैठकमा कोरोना संकट व्यवस्थापन केन्द्र (सीसीएमसी) ले गरेको सिफारिसलाई प्रभावकारी रूपमा कार्यान्वयन गर्न विभिन्न निर्णय गर्दै कार्यान्वयनका लागि सम्बन्धित मन्त्रालयलाई सिफारिस गर्ने सहमति समेत बनेको छ ।

त्यस्तै विश्वविद्यालयस्तरमा चलिरहेका र मिति निश्चित भएका परीक्षा स्वास्थ्य सुरक्षा सतर्कता अपनाएर सञ्चालन गर्ने निर्णय पनि बैठकले गरेको छ । कोभिड संक्रमण भएका विद्यार्थीलाई छुट्टै स्थानको व्यवस्था गरेर परीक्षा दिने व्यवस्था गर्न निर्देशन दिइएको छ ।

 


Thali Mobile Pvt.Ltd.