भर्खरै : Sorry, your browser does not support inline SVG.
कलङ्कीबाट स्रोत नखुलेको रकमसहित २ जना पक्राउ | साइबर अपराध बढ्दै, सामाजिक सञ्जाल नेपालमा दर्ता नहुँदा अनुसन्धान प्रभावित : आईजीपी कार्की | भक्तपुरको शैक्षिक गुणस्तर सुधारमा प्राध्यापकहरूको भूमिका महत्वपूर्ण : मेयर प्रजापति | सरकारी सफ्टवेयर र सूचना प्रविधि अध्ययन गर्न कार्यदल गठन | विपद् जोखिम न्यूनीकरणका लागि प्रभावकारी कार्ययोजना बनाएर अघि बढ्ने प्राधिकरण | महाराजगञ्जस्थित प्रहरी प्रशिक्षण प्रतिष्ठानको जग्गा सम्बन्धी ८ वर्षअघिको निर्णय उल्ट्याइयो | नयाँ शैक्षिक सत्रमा अन्योल : सरकार र स्थानीय तहबीच निर्णय बाझिँदा अभिभावक दोधारमा | बाँकेमा सिक्टा सिँचाइ आयोजनाद्वारा २४ हजार हेक्टर जमिनमा सिँचाइ सुविधा |

कवयित्री प्रतिमा अनेसास सुप्रमा इप्रमा पुस्कारबाट सम्मानित

कवयित्री प्रतिमा अनेसास सुप्रमा इप्रमा पुस्कारबाट सम्मानित

लण्डन । बेलायतमा लामो समयदेखि बस्दै आउनुभएकी कवयित्री प्रतिभा केसी यस वर्ष अनेसास सुप्रमा इप्रमा पुरस्कारबाट सम्मानित हुनुभएको छ । बेलायतमा नेपाली साहित्यको विकास र प्रवद्र्धनका लागि ठूलो योगदान गर्नुभएका कवि ईश्वर मानन्धरले आफ्ना स्व पिताका नाममा पुरस्कार स्थापना गर्नुभएको हो ।

‘हिम्मत’ म्युजिक भिडियो, ‘बेलायतमा कवि र कविताहरू’, ‘प्रवासका अक्षरहरू’ जस्ता आधा दर्जन साहित्यिक सङ्ग्रह निकाली सक्नुभएकी केसीका थुप्रै कविता पत्रपत्रिकामा प्रकाशित भइसकेका छन् । बेलायत तथा विश्वका अन्य देशमा नेपाली साहित्यका लागि स्थापना भएका थुप्रै साहित्यिक संस्थाहरूमा आबद्ध केसी बेलायतवासी नेपालीबीच सुपरिचित हुनुहुन्छ ।

यसअघि उक्त पुरस्कारबाट बेलायतमा बस्दै आउनुभएका साहित्यकार मुकेश राई, केदार सङ्केत, कृष्ण बजगाईँ, दुर्गा पोखरेल, सुमाया राई, नृपेश उप्रेती र देवेन्द्र खेरेस पुरस्कृत भइसक्नुभएको छ । अन्तर्राष्ट्रिय साहित्य समाजका अध्यक्ष लारा, सल्लाहकार सुमल गुरुङ र साहित्यकार रुपक श्रेष्ठ गरी तीन सदस्य रहेको पुरस्कार छनोट समितिले यस वर्षका लागि केसीलाई छनोट गरेको हो ।

Mohotsav


Thali Mobile Pvt.Ltd.