भर्खरै : Sorry, your browser does not support inline SVG.
एशियन गेम्स तयारी बजेटमै परेन, खेलकुद क्षेत्रलाई ४ अर्ब ३ करोड विनियोजन | दक्षिण सुडानमा भोकमरीको संकट गहिरिँदै, ७२ लाख नागरिकलाई तत्काल खाद्य सहायता आवश्यक | सातै प्रदेशमा वर्षा र चट्याङको सम्भावना, तराई क्षेत्रमा हावाहुरी चल्न सक्ने | पशुपालक महिलाको विश्व सम्मेलनबाट ‘काठमाडौं घोषणापत्र’ जारी, दिगो चरनभूमि व्यवस्थापनमा जोड | “तिमीलाई देखेर” सार्वजनिक, शान्तिश्री परियार र कमल सौरागको नयाँ गीत चर्चामा | भक्तपुरमा दाफा प्रदर्शनीको भव्य उद्घाटन | राज्यका प्रमुख अङ्गलाई जिम्मेवार बन्न मानव अधिकार तथा शान्ति समाजको आग्रह | इरानसँगको सम्झौता निकै नजिक पुगेको अमेरिकी उपराष्ट्रपति जेडी भान्सको दाबी |

कश्मिरमा प्रहरीमाथि आतंकवादी हमला

कश्मिरमा प्रहरीमाथि आतंकवादी हमला

एजेन्सी । कश्मिरको श्रीनगरमा प्रहरी सवार बसलाई लक्षित गरी आतंकवादी आक्रमण भएको छ । आफनो कार्यक्षेत्रबाट प्रहरी चौकी फर्किने क्रममा उनीहरुमाथि गोली प्रहार भएको हो । आक्रमणमा २ जना प्रहरीको घटना स्थलमा नै मृत्यु हुनुका साथै घटनामा १२ प्रहरी घाइते भएका छन् ।

श्रीनगरमा प्रहरीलाई हतियार सुबिधा नदिएका कारण उनीहरु जवाफी प्रहार गर्नबाट बन्चित रहेको जनाइएको छ । भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले घटनाप्रति दुख ब्यक्त गर्दै त्यस्तो घृणित कार्यमा संलग्न जो कोहीलाई कानुनी दायरामा ल्याउने बताएका छन् । मोटरसाइकलमा आएका आतंकबादीहरुले बसलाई चारैतिरबाट घेरा हाली अन्धाधुन्ध गोली प्रहार गरी फरार भएका छन् ।

 


Thali Mobile Pvt.Ltd.