भर्खरै : Sorry, your browser does not support inline SVG.
पश्चिम नेपालका पहिरो प्रभावित क्षेत्रमा भौगर्भिक अध्ययन गरिने | जाजरकोटमा कुटपिटबाट औषधी व्यवसायीको मृत्यु, पाँच जना पक्राउ | दक्षिण कोरियासँगको संयुक्त सैन्य अभ्यास घटाउने ट्रम्पको घोषणा, सियोलले भने अभ्यास जारी राख्ने | बाढी-पहिरोले देशभरका राजमार्ग अस्तव्यस्त, यी सडकमा यातायात अवरुद्ध | होर्मुजमा गहिरिँदो संकट : अमेरिका-इरान युद्धले मध्यपूर्वदेखि विश्व ऊर्जा बजारसम्म बढायो तनाव | गण्डकीदेखि पश्चिमका केही ठाउँमा आज मुसलधारे वर्षाको सम्भावना, सतर्क रहन आग्रह | पेट्रोलियम पदार्थको मूल्य यथावत, पेट्रोल–डिजेलको भाउमा परिवर्तन भएन | सरकारले अब आफैं ग्यास बेच्ने छैन, नियमित प्रक्रियाबाटै बिक्रेतामार्फत बिक्री हुने |

कहिले विकासको लयबाट टाढिन्छ कि ?

कहिले विकासको लयबाट टाढिन्छ कि ?

काठमाण्डौ । एक अध्ययनले ग्रामीण क्षेत्रका कम आय भएका परिवारका बालबालिका विकासको लयबाट टाढिने उच्च जोखिम बढेको देखाएको छ । अन्तर्राष्ट्रिय संस्था युनिसेफले गरेको एक सर्वेक्षणमा कोभिड–१९ महामारीले नेपालका बालबालिकामा परेको असरबारे गरेको अध्ययनले विकास र सिकाइमा रहेको असमानतालाई झन् जटिल बनाएको उल्लेख गरेको हो ।
सार्वजनिक अध्ययन प्रतिवेदनमा भनिएको छ, ‘ग्रामीण क्षेत्रमा बसोबास गर्ने बालबालिका, कम आय भएका परिवारका बालबालिका, अशिक्षित वा न्यून शिक्षास्तर भएका हेरचाहकर्ताको रेखदेखमा रहेका बालबालिका तथा प्रारम्भिक बाल शिक्षा कार्यक्रममा सहभागी नभएका बालबालिका विकासको लयबाट टाढिने उच्च जोखिममा छन् । भनिएको छ ।

अक्टोबर महिनामा गरिएको थप सर्वेक्षणअनुसार निषेधाज्ञाबाट सामान्य अवस्थामा फर्केसँगै आमाको सङ्लग्नतामा सुधार भएको तर सामाजिक मानक कायम राख्दै बुबाको अभिभावकत्वको सङ्लग्नता भने न्यून ६ प्रतिशत मात्र देखिएको छ । सर्वेक्षण गरिएकामध्ये आधा जति बालबालिका पूर्वप्राथमिक तहमा भर्ना भएको पाइएको छ ।

अनलाइन कक्षा, मोबाइल फोनबाट हुने शिक्षण, रेडियो, टिभी, दूर शिक्षणजस्ता सरकारको आपतकालीन कार्ययोजनाद्वारा निर्दिष्ट गरेका वैकल्पिक सिकाइ माध्यम कम प्रयोग भएका पाइएको उल्लेख छ । रेडियो, टिभी र टेलिफोनमा आधारित शिक्षण सिकाइजस्ता न्यून–प्रविधिसहितका समान पनि कम मात्रै प्रयोग भएको पाइएको छ ।

 


Thali Mobile Pvt.Ltd.