भर्खरै : Sorry, your browser does not support inline SVG.
अस्तानामा ‘सी चिनफिङ : द गभर्नेन्स अफ चाइना’ पाँचौँ खण्ड सार्वजनिक, चीन–काजाकिस्तान सहकार्यमा जोड | बालमन्दिर रकम अपचलन प्रकरण : कार खरिददेखि दोहोरो तलबसम्म, तीन जना पक्राउ | ‘देखिने शासक असफल भएपछि डिप स्टेट सक्रिय भएको आभास’ : झक्कुप्रसाद सुवेदी | स्टाइपेन्डमा एकरूपताको माग गर्दै एमबीबीएस-बीडीएस इन्टर्न चिकित्सक आयोगमा धर्ना | नियमावली संशोधनको माग गर्दै शैक्षिक परामर्श व्यवसायी आन्दोलनमा, अनिश्चितकालीन संघर्षको चेतावनी | सर्वोच्चको आदेशपछि निजी सञ्चारमाध्यममा सरकारी विज्ञापन खुला | अमेरिका–इरान तनावले कच्चा तेलको मूल्य उकालो, एक महिनाकै उच्च स्तरमा पुग्यो | ५ जिल्लामा बाढीको उच्च जोखिम, काठमाडौं उपत्यकासहित ४० भन्दा बढी जिल्लामा सतर्कता |

काँग्रेस केन्द्रीय सदस्यको मत गणना १० बजेदेखि हुने

काँग्रेस केन्द्रीय सदस्यको मत गणना १० बजेदेखि हुने

काठमाडौं । नेपाली कांग्रेसको १४ औं महाधिवेशन अन्तरर्गत मतदानको मतगणना जारी छ । ३५ जना खुल्ला केन्द्रीय सदस्यको मतगणना आज विहान १० बजेदेखि हुने नेपाली कांग्रेसले जनाएको छ । मतगणनाका लागि उम्मेदवार वा एकजना प्रतिनिधि मगतणनास्थल सानेपामा पठाइदिन कांग्रेस निर्वाचन समिति संयोजक गोपालकृष्ण घिमिरेले पार्टीलाई आग्रह गरेका छन् ।

खुल्ला केन्द्रीय सदस्यको मत गनिसकेपछि विभिन्न क्लस्टरका केन्द्रीय सदस्यको मतगणना गरिने उनको भनाइ छ । सहमहामन्त्रीतर्फको मतगणना शुक्रबार सम्पन्न भएपछि अब केन्द्रीय सदस्य (खुलातर्फ) को मतगणना सुरु हुने छ । चार हजार ७ सय ४३ कुल मतदाता छन् । काँग्रेस केन्द्रीय कार्यसमितिका पदाधिकारी र सदस्य गरी १ सय ३४ पदका लागि भएको मतदानमा जम्मा ४ सय ८७ जनाले उम्मेदवारी दिएका थिए ।

केन्द्रीय कार्यसमितिका पदाधिकारीमध्ये एक सभापति, दुई उपसभापति, दुई महामन्त्री र समावेशीका विभिन्न आठ क्लष्टरअन्तर्गत आठ सहमहामन्त्रीको निर्वाचन हुने व्यवस्था छ । कोषाध्यक्ष निर्वाचित केन्द्रीय सदस्य मध्येबाट निर्वाचित हुने व्यवस्था छ ।

३५ खुला केन्द्रीय सदस्य, महिला नौ, प्रत्येक प्रदेशबाट तीन जनाका दरले २१, दलित नौ, आदिवासी-जनजाति १५, खस÷आर्य १३, मधेसी नौ, थारु चार, मुस्लिम तीन, पिछडिएको क्षेत्रबाट एक, अल्पसङ्ख्यकबाट एक, अपाङ्गबाट एक सदस्य गरी कूल १ सय ३४ पदाधिकारी तथा सदस्यको निर्वाचन हुने काँग्रेसको विधानमा व्यवस्था गरिएको छ ।

यसवाहेक केन्द्रीय सभापतिले ३३ जना मनोनित गर्ने विधानमा उल्लेख छ । प्राप्त मत परिणामअनुसार खसआर्य तर्फको सहमहामन्त्रीमा किशोरसिंह राठौर, मधेसीतर्फको सहमहामन्त्रीमा महेन्द्र यादव, मुस्लिमतर्फको सहमहामन्त्रीमा फरमुल्लाह मन्सुर, थारुतर्फको सहमहामन्त्रीमा उमाकान्त चौधरी र पिछडिएको क्षेत्रतर्फको सहमहामन्त्रीमा बद्रीप्रसाद पाण्डे निर्वाचित भएका छन् ।

महिलातर्फको सहमहामन्त्रीमा महालक्ष्मी उपाध्याय ‘डिना’, दलिततर्फको सहमहामन्त्रीमा जीवन परियार र आदिवासी÷जनजातितर्फको सहमहामन्त्रीमा भीष्मराज आङ्देम्बे निर्वाचित भएका छन् । समावेशीका विभिन्न आठ क्लष्टरअन्तर्गत आठ सहमहामन्त्री पदका लागि १९ जनाको उम्मेदवारी परेको थियो ।

काँग्रेसको महाधिवेशनअन्तर्गत भएको निर्वाचनमा पदाधिकारीमध्ये सभापतिमा शेरबहादुर देउवा, उपसभापति दुई पदमा पूर्णबहादुर खड्का र धनराज गुरुङ, महामन्त्री दुई पदमा गगनकुमार थापा र विश्वप्रकाश शर्मा निर्वाचित भएका छन् ।

 


Thali Mobile Pvt.Ltd.