भर्खरै : Sorry, your browser does not support inline SVG.
अस्तानामा ‘सी चिनफिङ : द गभर्नेन्स अफ चाइना’ पाँचौँ खण्ड सार्वजनिक, चीन–काजाकिस्तान सहकार्यमा जोड | बालमन्दिर रकम अपचलन प्रकरण : कार खरिददेखि दोहोरो तलबसम्म, तीन जना पक्राउ | ‘देखिने शासक असफल भएपछि डिप स्टेट सक्रिय भएको आभास’ : झक्कुप्रसाद सुवेदी | स्टाइपेन्डमा एकरूपताको माग गर्दै एमबीबीएस-बीडीएस इन्टर्न चिकित्सक आयोगमा धर्ना | नियमावली संशोधनको माग गर्दै शैक्षिक परामर्श व्यवसायी आन्दोलनमा, अनिश्चितकालीन संघर्षको चेतावनी | सर्वोच्चको आदेशपछि निजी सञ्चारमाध्यममा सरकारी विज्ञापन खुला | अमेरिका–इरान तनावले कच्चा तेलको मूल्य उकालो, एक महिनाकै उच्च स्तरमा पुग्यो | ५ जिल्लामा बाढीको उच्च जोखिम, काठमाडौं उपत्यकासहित ४० भन्दा बढी जिल्लामा सतर्कता |

गरिबी न्यूनीकरणका लागि सामाजवादी व्यवस्था वैज्ञानिकः अध्यक्ष नेपाल

गरिबी न्यूनीकरणका लागि सामाजवादी व्यवस्था वैज्ञानिकः अध्यक्ष नेपाल

काठमाडौँ, । नेपाल कम्युनिष्ट पार्टी एकीकृत–समाजवादी का.अध्यक्ष माधवकुमार नेपालले मुलुकमा विद्यमान शोषण तथा गरिबी न्यूनीकरणका लागि सामाजवादी व्यवस्था वैज्ञानिक रहेको बताए। अखिल नेपाल किसान महासङ्घले आयोजना गरेको कार्यक्रममा उनले उत्पादनका स्रोत तथा साधनमा हुने सामूहिक नियन्त्रणले मुलुकमा समानता तथा न्यायोचित वितरण प्रणालीलाई समेट्ने बताए ।

देश विकासका लागि कृषि क्षेत्रको योगदान महत्वपूर्ण हुने बताउँदै उनले कृषि तथा पशुपालनमा लागेका कृषकलाई लाभान्वित हुने गरी आवश्यक सहुलियतका नीति सरकारले अवलम्बन गर्नुपर्नेमा जोड दिए । पूर्वप्रधानमन्त्रीसमेत रहनुभएका अध्यक्ष नेपालले विश्वपरिवेशमा विकास भएका प्रविधि यस क्षेत्रमा प्रयोग गर्न कृषक चनाखो हुनुपर्ने बताउँदै उनीहरुको जीवनस्तर सुदृढ भएमा समग्र मुलुकको अर्थतन्त्र बलियो हुने भएकाले कृषि उत्पादनलाई बजारीकरण गर्न आवश्यक पूर्वाधारको विकास गर्नुपर्नेमा जोडदिए ।

विविधतायुक्त मुलुकमा उत्पादन हुने वस्तुलाई राष्ट्रिय उपभोगमा खपत गर्नसकेमा आयात प्रतिस्थापन हुन सक्ने उल्लेखगर्दै उनले त्यसले व्यापार घाटा न्यूनीकरणमा समेत सहयोग पुग्ने बताउनुभयो । युवा किसान सङ्घ नेपालको नयाँ कार्य समितिका लागि सो भेला गरिएको थियो ।

 


Thali Mobile Pvt.Ltd.