भर्खरै : Sorry, your browser does not support inline SVG.
मुख्य राजमार्गहरूमा बाढी–पहिरोको कहर, कतै सडक बन्द त कतै एकतर्फी सञ्चालन | काभ्रेमा पानीको स्रोत जोगाउन ‘पानी–पुनजीर्वित कार्यक्रम’ सञ्चालन | युक्रेन युद्धको विरोध गर्ने रुसी विपक्षी नेता श्लोसबर्गलाई ११ वर्ष जेल | ग्यासका लागि घण्टौँ लाइन, पैसा तिर्‍यो तर बिल पाएनन् उपभोक्ता | जापानिज इन्सेफलाइटिसबाट ६३ संक्रमित, १६ जनाको मृत्यु, अधिकांश मृतकले खोप नलगाएको पुष्टि | दुर्गा प्रसाईंसँग वार्ता गर्न सरकारको टोली गठन, आन्दोलनरत पक्षलाई वार्तामा आउन आह्वान | चिनीको भाउ एक महिनामै २० रुपैयाँसम्म बढ्यो, अभावको हल्लाले उपभोक्ता त्रसित | मकवानपुरमा मुख्य न्यायाधीश डाँगीको परिवार सवार स्कोर्पियो दुर्घटना |

काँग्रेस दोलखा सभापतिमा लामाको उम्मेदवारी किन ?

काँग्रेस दोलखा सभापतिमा लामाको उम्मेदवारी किन ?

काठमाडौं । नेपाली काँग्रेस दोलखाको सभापतिमा वैतेश्वर गाउँपालिकाका अध्यक्ष छवि लामाले उम्मेदवारी घोषणा गरेका छन् । नेपाली काँग्रेसलाई नीति, पद्धती र काँग्रेसको व्यापक सुधारका लागि दोलखा विल्लाको सभापतिमा उम्मेद्वारी दिएको लामाले बताएका हुन ।

आफू एक पटक मात्रै सभापति बन्ने भएकाले नेपाली काँग्रेसलाई नीति, पद्धती र एकताबद्ध बनाउनु आफ्नो उदेश्य भएकाले आफूले सभापतिमा उम्मेदवारी दिएको लामाले  जानकारी दिनुभयो ।chhbi lamm

नेपाली काँग्रेसको मार्गदर्शन, नीति र सिद्धान्तलाई आत्मसात गर्दै अगाडी बढ्न र बढाउन आफू प्रतिवद्ध भएकाले सभापतिमा निर्वाचित गराउन नेपाली काँग्रेस दोलखाका सम्पूर्णमा काँग्रेस जनमा लामाले आग्रह समेत गरेका छन् ।

लामाले भनेका छन् “म एक पटकलाई मात्र सभापति बन्ने हो । मलाई काँग्रेस सुधारिएको र काँग्रेस पार्टी नीति र पद्दतिमा चलोस् भन्ने चाहना छ। त्यसैले मेरो पार्टी सभापतिमा उम्मेदवारी हो ।”chhabi

नेपाली काँग्रेस भित्र भएका विकृति, विसंगती र गुटबन्दी हटाउने आफ्नो उदेश्य भएकाले आफ्नो अभियानमा साथ दिन लामाको आग्रह छ । लामाले नेपाली काँग्रेसको १४ औं महाधिवेशन सफल पार्न नेपाली काँग्रेस दोलखाले सफल, स्वच्छ छवी भएको र पार्टीप्रति दृढ व्यक्तिलाई छनोट गर्न आह्वान समेत गरेका छन् ।

 


Thali Mobile Pvt.Ltd.