भर्खरै : Sorry, your browser does not support inline SVG.
कृषि समितिमा सत्तारुढ दलकै सांसदको प्रश्न ‘मन्त्री र सचिव नबोलाउने हो भने समिति किन?’ | एमालेमा ‘शल्यक्रिया’को प्रस्ताव : ओली हटाऊ, कमिटी घटाऊ ! | पत्रकार श्रेष्ठ पक्राउको विरोधमा प्रहरी परिसर अगाडि महासङ्घको धर्ना | फेरि सर्‍यो १०औँ राष्ट्रिय खेलकुदको मिति, मङ्सिर १६ देखि २९ गतेसम्म हुने | बालेनप्रति लक्षित गर्दै देउवाको प्रश्न ‘राजा ज्ञानेन्द्र त सकेनन्, अरूले सक्लान् यहाँ ?’ | रोल्पा पहिरो अपडेट : चार जनाको सनाखत, नौ जना बेपत्ता | नौ वर्षपछि ओखलढुङ्गा –रुम्जाटार सडक पुनः कालोपत्र गरिँदै | बुढीगण्डकी आयोजना अलपत्र पार्न खोजिएको भन्दै सरोकार समितिको आपत्ति, आन्दोलनको चेतावनी |

कांग्रेसको निर्वाचन घोषणा पत्र सार्वजनिक

कांग्रेसको निर्वाचन घोषणा पत्र सार्वजनिक

काठमाडौं । नेपाली कांग्रेसले स्थानीय तह निर्वाचनको घोषणा पत्र सार्वजनिक गरेको छ ।

नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवा, वरिष्ठ नेता रामचन्द्र पौडेल, उपसभापतिद्धय पूर्णबहादुर खड्का, धनराजगुरुङ, महामन्त्रीद्धय गगनकुमार थापा र विश्वप्रकाश शर्माले संयुक्त रुपमा घोषणा पत्र सार्वजनिक गरेका हुन् ।

सानेपामा नेपाली काँग्रेसको संकल्प नाम दिइएको घोषणा पत्र सार्वजनिक गरिएको हो ।नेपाली कांग्रेसले स्थानीय तह चुनावको घोषणा पत्र सार्वजनिक गर्दा सात वटा कार्य नगर्ने प्रतिबद्धता जनाएको छ ।

भ्युटावर नबनाउनेदेखि आफन्त र परिवारका सदस्यलाई जागिर नखुवाउने लगायतका सात प्रतिबद्धता जनाएको हो । नातेदार वा परिवारका सदस्यलाई सल्लाहकार, विज्ञ, कर्मचारी वा सहयोगी नियुक्त नगर्ने जनाएको छ ।

यस्तै, महिलामाथि हुने हिंसा, जातीय भेदभाव, लैगिक विभेद, सामाजिक विकृति र विसंगतिलाई प्रोत्साहन हुने कुरा प्रत्यक्ष तथा परोक्ष रूपमा कुनै पनि अवस्थामा संलग्न नहुने प्रतिबद्धता घोषणापत्रमा जनाएको छ ।

 


Thali Mobile Pvt.Ltd.