भर्खरै : Sorry, your browser does not support inline SVG.
कर्णाली विकासलाई तीव्रता दिन सरकार प्रतिबद्ध : सांसद रमेश सापकोटा | चौतर्फी विरोधपछि शिक्षा र स्वास्थ्यमा लगाइएको ३ प्रतिशत समता कर फिर्ता | अतिक्रमित वनक्षेत्रको संरचना हटाइयो | सिक्किमको टिस्टा जलविद्युत् आयोजनामा पहिरोको कहर, ८ जनाको मृत्यु; सुरुङभित्र १९ मजदुर फसेको आशंका | वैदेशिक रोजगारीमा जाने श्रमिकको बिमा प्रक्रिया अब सहज, रकम सिधै बैंक खातामा जम्मा हुने | १२ जिल्लाका साना नदीमा आकस्मिक बाढीको जोखिम, नदी तटीय क्षेत्रमा उच्च सतर्कता अपनाउन आग्रह | १ लाख रुपैयाँ चोरीको विवादपछि नयाँ बसपार्कको गेस्टहाउसमा युवतीको हत्या, मुख्य आरोपी पक्राउ | बिल लिने उपभोक्तालाई सरकारले दिने भयो १० लाखसम्म नगद उपहार, नयाँ कार्यविधि लागू |

बालकोट बहसबाट काठमाडौं मेयरमा केशव स्थापित

बालकोट बहसबाट काठमाडौं मेयरमा केशव स्थापित

काठमाडौं । नेकपा (एमाले)ले लामो रसाकसीबाट महानगरपालिका र उपमहानगरपालिको उम्मेदवार टुंगो लगाएको छ । अध्यक्ष केपी शर्मा ओली निवास बालकोटमा बसेको सचिवालय बैठकले उम्मेदवार टुंगो लगाएको हो ।

बैठकले काठमाडौं महानगरपालिकाको प्रमुखमा केशव स्थापित र उपप्रमुखमा सुनिता डंगोललाई उठाउने निर्णय गरेको छ ।

यस्तै, पोखरा महानगरपालिकाको मेयरमा दीपक पौडेल र उपमेयरमा मञ्जु गुरुङ, भरतपुरको मेयरमा विजय सुवेदी र ललितपुर हरिकृष्ण व्यञ्जनकारको नाम चयन गरेको छ ।

वीरगञ्जको मेयरमा विजय सरावगीलाई उम्मेदवार बनाइएको छ । वीरगञ्ज र भरतपुर महानगरको उमपेयरको उम्मेदवार तोकिएको छैन । विराटनगर महानगरपालिकाको मेयर र उपमेयरको उम्मेदवार पनि टुंगो लाग्न बाँकी छ ।

 


Thali Mobile Pvt.Ltd.