भर्खरै : Sorry, your browser does not support inline SVG.
सिरियामा दुई पाइपलाइनमा दुर्घटना, ग्यास विस्फोटपछि आगलागी र इन्धन चुहावट | तीन दिनका लागि खुल्दै तातोपानी नाका, मालवाहक गाडीलाई मात्र आवतजावत अनुमति | दसैँमा बजार अनुगमन अष्टमीसम्म मात्रै, महानवमीदेखि टीकाको भोलिपल्टसम्म स्थगित | भोटेकोशी बाढीपछिको उद्धार र पुनःस्थापना उत्कृष्ट समन्वयको नमुनाः नेपाली सेना | बाँके राष्ट्रिय निकुञ्जमा जंगल सफारी खुल्यो, बाघ अवलोकन गर्न पर्यटक आकर्षित | मतदाता नामावलीमा थपिए १ लाख ८७ हजारभन्दा बढी मतदाता, १ लाख ५८ हजारको नाम हटाइयो | नेपाल औषधि लिमिटेडको महाप्रबन्धक पदका लागि १३ उम्मेदवार प्रतिस्पर्धामा | यमनको राष्ट्रपति भवनमा हुथी विद्रोहीको क्षेप्यास्त्र प्रहार, ५ जनाको मृत्यु र १६ घाइते |

कांग्रेस नगर अघिवेशनः भक्तपुर जिल्लाका चारवटै पालिकामा मतदान सुरु

कांग्रेस नगर अघिवेशनः भक्तपुर जिल्लाका चारवटै पालिकामा मतदान सुरु

भक्तपुर, । नेपाली कांग्रेसको १४औँ महाधिवेशनअन्तर्गत आज भक्तपुर जिल्लाका चारवटै नगरपालिकामा मतदान सुरु भएको छ । नगर अधिवेशनमा जिल्लाका चारवटै नगरपालिकामा दुई समूहले उम्मेदवारी दर्ता गराएपछि आज बिहान ८ बजेबाट मतदान सुरु भएको हो । मतदान १२ बजे सम्पन्न हुने र आजै साँझसम्म परिणाम आउने गरी निर्वाचन समितिले काम गरेको कांग्रेस जिल्ला सभापति दुर्लभ थापाले जानकारी दिए । अधिवेशनमा भक्तपुर नगरपालिकाको वर्तमान सभापतिमा राम कासुला र राजेन्द्र तमखुको नेतृत्वको दुई समूहबीच प्रतिस्पर्धा भएको छ । कासुलाको नेतृत्वमा उपसभापतिमा प्रकाश जोन्छें र किरण प्रजापति, सचिवमा कृष्णसुन्दर खाइतु र अनिश सुवाल, सहसचिवमा शान्ति कासुला र रवीन्द्र खड्काले उम्मेदवारी दिएका छन् ।

अर्को समूहबाट सभापतिमा तमखुको नेतृत्वमा उपसभापतिमा राजन जोशी र रोशन तुकबन्जार, सचिवमा रत्नसुन्दर खुजु र सुनिलराज दैवज्ञ, सहसचिवमा विष्णुप्रसाद गणेजु र आरती रञ्जीत, नगर क्षेत्रीय प्रतिनिधिमा रमा ढकाल शिल्पकार र विश्वजित भैलले उम्मेदवारी दिएका छन् । त्यस्तै मध्यपुर थिमिको नगर सभापतिमा वर्तमान सभापति सुरेन्द्र श्रेष्ठ र हरिदास प्रजापतिबीच प्रतिस्पर्धा भएको छ । श्रेष्ठको समूहबाट उपसभापतिमा बालकृष्ण प्रजापति र दानकृष्ण प्रजापति, सचिवमा दिनेश श्रेष्ठ र सविन प्रजापति, सहसचिवमा ओम जिमा श्रेष्ठ र प्रविन ह्याजु प्रतिस्पर्धामा छन् भने प्रजापतिको समूहबाट उपसभापतिमा अनिल श्रेष्ठ र सीताराम कुटु, सचिवमा राम थापामगर र रवि घजु तथा सहसचिवमा विजय प्रजापति र जीवन श्रेष्ठ प्रतिस्पर्धामा छन् । त्यसैगरी सूर्यविनायक नगर सभापतिमा जिल्ला सचिव निशान ढुङ्गेल र वर्तमान उपसभापति रवि राणाबीच प्रतिस्पर्धा भएको छ ।

ढुङ्गेलको नेतृत्वमा उपसभापतिमा रमण कायस्थ र रमेश अधिकारी, सचिवमा सुमन न्यौपाने र विश्वराम थापा, सहसचिवमा अमिर ढुङ्गाना र सुरेश केसी प्रतिस्पर्धामा छन् । यस्तै राणाको नेतृत्वमा उपसभापतिमा दिनेश न्यौपाने र महेश केसी, सचिवमा उपेन्द्र तिमलसिना र लक्ष्मण थापा, सहसचिवमा रुपक न्यौपाने र राम गोतामेले प्रतिस्पर्धा गरेका छन् । चाँगुनारायण नगरपालिकामा भने वर्तमान सभापति शिवहरि केसी र गोपाल पौडेल समूह प्रतिस्पर्धा हुने भएको छ । केसीको नेतृत्वमा उपसभापतिमा राजकुमार दाहाल र दिनेशराज गिरी, सचिवमा दिनेश थापा र सिजन कार्की तथा सहसचिवमा गोकर्ण पुरी र चन्द्रखेशर खत्रीले उम्मेदवारी दिएका छन् । पौडेलको नेतृत्वमा उपसभापतिमा सञ्जीवप्रसाद दुलाल र रितेश खड्का, सचिवमा उद्धवप्रसाद अधिकारी र जयनाथ गिरी तथा सहसचिवमा पुष्कर खड्का र पुकार पराजुलीको उम्मेदवारी छ ।

 


Thali Mobile Pvt.Ltd.