जुम्लामा बाढीको वितण्डा : एक जनाको मृत्यु

जुम्लामा बाढीको वितण्डा : एक जनाको मृत्यु

जुम्ला । जुम्लाको छुमचौरमा आएको बाढीका कारण एक जनाको मृत्यु भएको छ । भीषण वर्षापछि आएको बाढीले घट्ट बगाउँदा अपाङ्गता भएकी एक महिलाको ज्यान गएको जुम्ला प्रहरीले जनाएको छ। जुम्ला पातारासी गाउँपालिका वडा नम्बर ३ की ३५ वर्षीया शर्मिला बुढाको ज्यान गएको हो । ढीले अहिलेसम्म करिब ६ वटा घट्ट, २० वटाभन्दा बढी चौपाया र एक हेक्टरभन्दा बढी बालीनाली र जग्गामा क्षति पुर्याएको जनाइएको छ ।

बाढीले वडा नम्बर २ र ३ जोड्ने काठेपुल बगाउँदा आवतजावत गर्न कठिनाइ भएको भएको छ । घट्ट गएका मुनसोभा बोहरा र जसकला रावत भने भागेर बाँच्न सफल भएका छन् । बाढीले बगाएर ज्यान गुमाएकी महिलाको शव भेटिएर दाहसंस्कार गरिएको वडाध्यक्ष बोहराले बताउनु भयो।

 


Thali Mobile Pvt.Ltd.