भर्खरै : Sorry, your browser does not support inline SVG.
भारतीय गाडी नेपालमै राखेर तस्करी, छुटपुर्जीको दुरुपयोगमा कर्मचारीको मिलेमतोको आशङ्का | इन्टरनेटको मूल्य घटेन, प्राधिकरणको कारबाही पनि प्रभावहीन ? | दसैँ अवधिमा अन्नपूर्ण पदमार्गमा पाँच हजार ३८४ पर्यटक | कीटजन्य रोगको जोखिम बढ्दै, स्क्रब टाइफस र डेंगुबाट हजारौँ सङ्क्रमित | तिहारका लागि माला गाँस्न गुण्डुका किसान व्यस्त, तर व्यापार नहुँदा चिन्ता | ‘अर्णव’ चक्रवातको प्रभाव नेपालमा पर्ने, बिहीबारदेखि भारी वर्षा र हिमपातको चेतावनी | भोटेकोशी बाढीः डीएनए रिपोर्टको प्रतीक्षामै बित्यो दुई महिना | आनी छोइङको नियुक्तिविरुद्ध आन्दोलन गर्ने लुम्बिनी बचाउ अभियानका संयोजक पक्राउ |

कांग्रेस महाधिवेशनः प्रतिनिधि लाइनमा मत माग्दै नेता

कांग्रेस महाधिवेशनः प्रतिनिधि लाइनमा मत माग्दै नेता

काठमाडौं । नेपाली काँग्रेस १४औं महाधिवेशनमा नयाँ नेतृत्व चयनका लागि काँग्रेस प्रतिनिधिहरु भोट खसाल्न लामबद्ध भएका छन् । पदाधिकारी उम्मेदवारहरु मतदान सुरु हुँदै गर्दा लाइनमा पुगेर मत मागिरहेका छन् ।

केन्द्रीय निर्वाचन समितिले काठमाडौंको भृकुटीमण्डप र राष्ट्रिय सभागृहमा मतदान केन्द्र रहेको जानकारी दिएको हो । मतदान गर्न राष्ट्रिय सभागृहमा २९३ बुथ, भृकुटीमण्डप प्रांगणमा २९३ बुथ र भृकुटीमण्डपको हलमा ५१४ बुथ राखिएको हो ।

राष्ट्रिय सभागृह मतदानस्थलमा पार्टी केन्द्रीय कार्यसमिति, जनसम्पर्क समिति, भातृ र शुभेच्छुक संघसंस्था, कर्णाली प्रदेश र लुम्बिनी प्रदेशका मतदाताले मतदान गर्ने जनाएको छ ।

त्यस्तै काँग्रेस निर्वाचन समिति सदस्य तेज रावलले २९ प्रकारका मतपत्रको व्यवस्था गरिएको र सबै मतपत्रका लागि छुट्टाछुट्टै मतपेटिका रहेको बताए । भृकुटीमण्डप प्रांगणमा प्रदेश २ र गण्डकी प्रदेशका मतदाताले मतदान गर्ने र प्रदेश १, बागमती र सुदूरपश्चिम प्रदेशका महाधिवेशन प्रतिनिधिका लागि भृकुटीमण्डपको प्रदर्शनी हलभित्र मतदान गर्ने व्यवस्था मिलाइएको उनले बताए ।

केन्द्रीय निर्वाचन समितिले मतदानका लागि ४ हजार ७ सय ४३ जना प्रतिनिधिको नामावली सार्वजनिक गरेको थियो । मतदान साँझ ५ बजेसम्म चल्नेछ भने मतदानबाट सभापति, दुई जना उपसभापति, दुई जना महामन्त्री, आठ जना सहमहामन्त्रीसहित केन्द्रीय समितिमा विभिन्न क्लस्टरबाट १२१ जना निर्वाचित हुने व्यवस्था रहेको छ ।

 


Thali Mobile Pvt.Ltd.