भर्खरै : Sorry, your browser does not support inline SVG.
वर्षा र पहिरोको असर : ९ राजमार्ग पूर्ण अवरुद्ध, एक दर्जन सडक प्रभावित | सम्पत्ति शुद्धीकरणमा विभाग आक्रामक, सात मुद्दामा १ खर्ब १८ अर्ब रुपैयाँ बिगो दाबी | अमेरिका–इरान तनाव चुलिँदै, हुथी आक्रमणले पश्चिम एसियामा नयाँ संकट | ११ वर्षपछि औषधिको मूल्य पुनरावलोकन गर्दै सरकार, अत्यावश्यक औषधिको अभाव हटाइने | नेपालको वैदेशिक व्यापार २४ खर्ब नाघ्यो, आयातमै ८७ प्रतिशत हिस्सा | सरकारको दाबी : २ लाख २३ हजारभन्दा बढी बेटिङ एप र वेबसाइट बन्द | मल अभावले किसान सीमापार जेलमा, सरकार भने आपूर्तिको प्रचारमै व्यस्त | पलाँता गाउँपालिकाको सडक निर्माणमा भ्रष्टाचार आरोप, १० जनाविरुद्ध विशेष अदालतमा मुद्दा |

कागेश्वरी मनोहरामा रु दुई अर्ब तीन करोड ७६ लाखको बजेट

कागेश्वरी मनोहरामा रु दुई अर्ब तीन करोड ७६ लाखको बजेट

काठमाडौँ । कागेश्वरी मनोहरा नगरपालिकाको नगरसभामा रु दुई अर्ब तीन करोड ७६ लाख ९२ हजार ९२ को बजेट पेश भएको छ ।आर्थिक वर्ष २०७८–२०७९ का लागि नगरसभाको सोमबार शुरु बैठकमा चालुतर्फ रु ४७ करोड ५२ लाख ५९ हजार र पुँजीगत खर्चतर्फ रु एक अर्ब ५६ करोड २४ लाख ३३ हजार ९२ को बजेट विनियोजन गरिएको छ । सभामा पेश गरिएको आगामी आर्थिक वर्षको अनुमानित बजेटमाथि छलफल गरी असार १० गते पारित गर्ने कार्यक्रम रहेको नगर प्रवक्ता राजाराम पुडासैनीले राससलाई जानकारी दिए।

बजेटमा कोभिड–१९ बाट नगरवासीलाई बचाउन स्वास्थ्य क्षेत्रलाई प्राथमिकता दिइएको छ । मूलपानीमा रहेको नगर अस्पताललाई अक्सिजन, आइसियुसहितको सुविधा सम्पन्न बनाइने बजेट वक्तव्यमा उल्लेख गरिएको छ । यसैगरी रोजगारी सृजना एवं पूर्वाधार विकासलाई पनि बजेटमा प्राथमिकता दिइएको छ । कृषि, शिक्षालगायत शीर्षकमा पनि प्राथमिकताका साथ बजेट विनियोजन गरिएको जनाइएको छ ।

 


Thali Mobile Pvt.Ltd.